Friday, September 30, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारभारतको जबाफ : एसएसबीले तुइन काटेको होइन, चिप्लेर युवक आफैँ खसेका हुन्

भारतको जबाफ : एसएसबीले तुइन काटेको होइन, चिप्लेर युवक आफैँ खसेका हुन्

दार्चुला,

दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएको घटनाबारे भारतीय पक्षले जबाफ पठाएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जबाफ पठाएका हुन्।

पिथौरागढका जिल्ला अधिकारीले लिखित जबाफ पठाएको जोशीले बताए। उनले भने, ‘भारतीय सुरक्षा बल एसएसबीको घटनामा कुनै संग्लनता नरहेको भन्दै जबाफ पठाइएको छ। तुुइन तरिसकेपछि युुवक आफैं चिप्लेर महाकालीमा खसेका हुुन् भनिएको छ।’

जबाफमा घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली तयारी अवस्थामा राखेको समेत जानकारी गराएको छ। शुुक्रबार बिहान व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी खसेर महाकाली नदीमा बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताउँदै आएका छन्।

ताजा समाचार