Tuesday, September 27, 2022
गृहपृष्ठआर्थिकसरकारले सुकुमबासी आयोग गठन गरेको होईन, ओलीले आफु निकट नियुक्त गरेका कार्यकर्ताको...

सरकारले सुकुमबासी आयोग गठन गरेको होईन, ओलीले आफु निकट नियुक्त गरेका कार्यकर्ताको नियुक्ती खारेजी गरेको हो ः काँग्रेस नेता गुरुङ्ग

कञ्चनपुर,
नेपाली काँग्रेस कञ्चनपुरका नेताहरुले भूमि आयोग बारे विपक्ष दल नेकपा एमाले ओली पक्षले सरकार बिरुद्धमा अनावश्यक अफवाह फैलाएको भन्दै त्यसलाई खण्डन गरेको छ । काँग्रेसले शुक्रबार लालझाडी गाँउपालिका ४जाई शिबिरमा आयोजना गरेको छलफल अन्र्तरकृया कार्यक्रममा सरकारले भूमि आयोग विघठन नगरेको भन्दै ओली सरकारले निकट कार्यकर्तालाई गरेको नियुक्ती खारेजी गरेको बताएका छन । काँग्रेस कञ्चनपुरका नेता गोपाल सिह गुरुङ्गले अघिल्लो ओली नेतृत्वको सरकारले भूमि बारे अनुभवहिन कार्यकर्ताहरुलाई नेपाल समुह र माओवादीको रिसले धमाधम नियुक्ती गरेकाको नियुक्ती खारेजी गरेको बताए । अघिल्लो सरकारले भूमी आयोग मार्फत जनतालाई दिने लालपुर्जाको राजस्व समेत घटाउने बताए । लालझाडीका स्थानीयले काँग्रेस नेता एव संविधान सभा सदस्य दिवान सिह विष्ट मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएका छन । दोदा नदीको कटानी नियन्त्रण, लालपुर्जा एव पुल निर्माणको माग अघि सारेर प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै काँग्रेस नेता विष्टले जनताले दिएको ज्ञापन पत्र सभापति एव प्रधानमन्त्री देउवालाई बुझाउने बताए ।

ताजा समाचार