Friday, September 30, 2022
गृहपृष्ठसमाचारईट्टाको गारो लगाउने डकर्मी सम्बन्धी पाठ्यक्रममा आधारित सुझाव सङ्कलन

ईट्टाको गारो लगाउने डकर्मी सम्बन्धी पाठ्यक्रममा आधारित सुझाव सङ्कलन

बिकाश सिंह महता

कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा ईट्टा गारो लगाउने डकर्मी सम्बन्धि पाठ्यक्रममा आधारित सुझाव सङ्कलन गरिएको छ ।

युरोपियन युनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा निड्स नेपालद्वारा सञ्चालित बजारमा आधारित प्राविधिक तथा व्यावसायिक सीप प्रवर्द्धन परियोजना अन्तर्गत तीन महिने पोल्ट्री फार्म वर्कर तालिम पाठ्यक्रमका लागि सुझाव सङ्कलन गरिएको कार्यक्रम संञ्चालन समेत गरेका दक्षता परियोजनाका संयोजक विनोद सिंह कडाराले बताए । पाठ्यक्रमले मीस्त्री सिप सिक्न सहजीकरण हुने कार्यक्रममा सहभागि दुखीराम चौधरीले बताए । ‘अहिलेसम्म हामिहरु त्यत्तिकै सिप सिक्ने गरेका थियौ, त्यसले हामिलाई सिप सिक्न समस्या हुने गरेको थियो’, चौधरीले भने ‘पाठ्यक्रममले सिप सिक्ने प्रशिक्षार्थी र सिप सिकाउने प्रशिक्षकलाई सहज हुन्छ । छोटो समयमै सिप सिक्न सकिन्छ ।’

कञ्चनपुर क्षेत्रका बेदकोट नगरपालिका र भीमदत्त नगरपालिकामा परियोजनाले तीन महिने ईट्टाको गारो लगाउने डकर्मी तालिम सञ्चालन गरेको छ ।

उक्त तालिममा बेदकोट नगरपालिकाका २० जना र भीमदत्त नगरपालिकाका २० जना युवा प्रशिक्षार्थीहरूलाई तालिम दिइएको छ ।

निड्स नेपालका अध्यक्ष अञ्जु भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रको सहजीकरण अधिबक्ता झङ्कर कुँवरले गरेका थिए । स्थानिय भवन निर्माण व्यवसाय संघका अध्यक्ष विकाश श्रेष्ठ, निड्स नेपालका मनराज उपाध्यय, पुष्पा जोशी, तालिम प्रशिक्षकहरू र प्रशिक्षार्थीहरूको उल्लेख्य सहभागितामा पाठ्यक्रम संशोधन सम्बन्धी सुझाव सङ्कलन गरिएको छ ।
सुझाव सङ्कलन कार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिभिटी) सुदूरपश्चिम प्रदेश कार्यालयले समेत प्राविधिक सहयोग गरिरहेको छ ।

ताजा समाचार