Sunday, September 25, 2022
गृहपृष्ठआर्थिककृष्णपुरको मालुबेलाबाट नापजाँच शुरु

कृष्णपुरको मालुबेलाबाट नापजाँच शुरु

कृष्ण नेपाली,
भूमिको स्वामित्व नभएका नागरिकलाई जमिन दिलाउनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले जमिन नापजाँच शुरु गरेको छ । कृष्णपुर नगरपालिका ४मालुबेला क्षेत्रबाट जग्गा नाँपजाँच शुरु गरेको हो । कृष्णपुर नगरका मेयर कर्ण हमालले जग्गा नाप्ने कन्ट्रोल प्वाईन्ट स्थापना गरिएको बताए । कृष्णपुर नगरमा २ सय १० भूमिहित दलित सुकुमबासी र झण्डै १५ हजार नागरिकले अव्यवस्थित बसोबासीको फारम भरेका छन । भूमिहिन नागरिकलाई जमिन सहित लालपुर्जा अव्यवस्थिति बसोबासीलाई लालपुर्जा वितरण गरिने बताए । त्यसका लागि नगरपालिकाले आवश्यक काम गरेको छ ।

ताजा समाचार