Friday, September 30, 2022
गृहपृष्ठआर्थिककञ्चनपुरका पत्रकारलाई सर्जिकल मास्क

कञ्चनपुरका पत्रकारलाई सर्जिकल मास्क

मदन नेपाली/कञ्चनपुर,
कञ्चनपुरका पत्रकारलाई सर्जिकल मास्क वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरले जिल्लामा क्रियाशिल रहेका पत्रकारलाई बुधबार सर्जिकल मास्क वितरण गरेको हो ।
पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले कोरोना महामारीका बेला फिल्डमा खटिने पत्रकारको सुरक्षाका लागि मास्क वितरण गरिएको बताए । ‘हामीले महासंघका तर्फबाट पत्रकारको जिउधनको सुरक्षाका लागि सर्जिकल मास्क वितरण गरेका छौँ, ‘सचिव अवस्थीले भने, ‘उक्त मास्क नेपाल रेडक्रस सोसाईटी शाखाबाट प्राप्त भएका हुन ।’ उनका अनुसार पहिलो दिन ८० जना पत्रकारलाई ५० पिसका दरले मास्क वितरण भएका छन । अझै छुटपुटलाई निरन्तर वितरण गरिने सचिव अवस्थीले बताए ।
सचिव अवस्थीले विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त सहयोगले जिल्लाभरी क्रियाशिल रहेका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरिएको बताए । पत्रकार महासंघ शाखाले यस अघि पनि जिल्लाका पत्रकारलाई स्वास्थ्य सुरक्षा समाग्री वितरण गरेको थियो । अहिले पनि गरिरहेको छ । पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले अझैपनि कोरोना जोखिम नहटिसकेको सन्दर्भमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षाका लागि प्रर्बद्धनात्मक कार्यक्रम संचालन गर्दै जाने बताए ।

ताजा समाचार