Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीनिर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

निर्मलाका हत्यारा सार्वजनिकको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

पुष्कर भट्ट/कञ्चनपुर,
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया निर्मला पन्तको हत्या भएको तीन बर्ष पुरा भएको छ । तीन बर्ष पुरा हुँदा समेत न हत्यारा पत्ता लागेको न निर्मलाको परिवारलाई न्याय नै । साथिको घरमा होमवर्क गर्छु भन्दै घरबाट हिडेकी निर्मला कहिल्यै नफर्किने गरि बलात्कारीको शिकारमा परेकी हुन ।
०७५ साउन १० गते भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्त हराएको दिन हो । निर्मला हत्याकाण्डदेखि कञ्चनपुरका दर्जनौँ प्रहरी प्रमुख फेरिए तर, बलात्कारपछि हत्या गरिएकी निर्मलाका वास्तविक हत्यारा अझै पत्ता लागेका छैनन ।
सरकारले घटना छानबिनका लागि उच्चस्तरिय छानबिन टोलीदेखि विभिन्न असन्धानका टोली बनाएर पठाउँदा समेत उपलब्धी भएको छैन । बरु राज्यको करोडौँ रकम खर्च भईसकेको छ,तर उपलब्ध समेत सुन्य भएको छ । कञ्चनपुरमा ६ प्रहरी प्रमुख र नेपाल प्रहरीको तीन प्रमुख फेरीदा समेत निर्मला हत्याकाण्ड गर्भमै रहेको छ । शुरुमै प्रहरीले निर्मला हत्याकाण्डमा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ का दिलिपसिह विष्टलाई सार्वजनिक गरेको थियो ।
प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप विष्टलाई सार्वजनिक गरेको भन्दै स्थानीय सहित केही अधिकारकर्मीले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा स्थानीय युवक सन्नी खुनाले ज्यानै गुमाए, भने अर्जुन भण्डाराले खुट्टा गुमाउनुका साथै दर्जनौँ मानिस घाईते भए ।
निर्मला हत्याकाण्डलाई लिएर अन्य सहायक मुद्दा मामला भए तर मुल मुद्दा नै आदालतमा पुगेको छैन । मुल मुद्दा आदालत पुगेको छैन ।
घटनामा संलग्न अशंकामा डेढ सय बढिको डिएनए टेष्ट गरिदा समेत मुख्य हत्यारा पहिचान भएन । शुरुमै कञ्चनपुर प्रहरी र सिआईबीको नेतृत्वले दिलिप विष्ट नै मुख्य हत्यारा भएको भन्दै पक्राउ गरि सार्वजनिक गरिएको थियो । स्थानीयले आन्दोलन गरेपछि उनलाई सरकारी वकिल कार्यालयको रहोबरमा छाडिएको थियो ।
निर्मला हत्याकाण्ड बारे अहिले पनि राजनीतिक तथा समाजिक वृतमा चर्चा चलिरहन्छ । समाजिक वृतमा चर्चा चलिरहन्छ । घटना घटेको समयमा गुज्रिएपनि घटना बारे चर्चा चलिरहेकै हुन्छ । निर्मलाका हत्यारा को होला ? निर्मलाको घरमा समाजिक अभियन्ता देखि भिआईपीहरु समेतको ओईरो लाग्यो,तर उनीहरुले हत्यारा अकास, पाताल धर्ती जहाँकही भएपनि खोलेर ल्याउने आवश्वास दिएका थिए । जिल्लादेखि केन्द्रसम्म निर्मलाको हत्यारा खोजबिनको माग अघि सारेर आन्दोलन भएपनि अहिलेसम्म वास्तविक हत्यारा को हो ? भन्नेमा आशंका नै छ ।
निर्मलाकी आमा दुर्गादेवि पन्तले शुरुमै प्रहरीले सार्वजनिक गरेका दिलिप विष्टमाथि नै संका रहेको किटानी समेत दिएकी छिन । उनले निर्मलाको पीडाले बाँच्नु न मर्नु बनाएको बताउदै छोरी गुमाएको पीडा आमालाई मात्रै थाहा हुने दुखेसो पोखिन् । ‘मैले छोरी गुमाएकी छु, ‘उनले भनिन, ‘मलाई भन्दा अरुलाई के पीडा छ, अझैपनि आस मरेको छैन, न्याय पाउँछुहोला ।’
निर्मलाकी आमा दुर्गादेवीले न्यायको आश मरेको बताएकी छिन । ‘मैले जन्माएकी छोरी गुमाएको तीन बर्ष पुरा भयो, ‘उनले भनिन, ‘हत्यारा पाईने आश नै मरिसक्यो ।’ निर्मला हत्यापछि उनको घरमा लस्करका लस्कर भिआपी आएर हत्यारा पत्तालगाउने आश्वासन दिएपछि हत्यारा पत्ता नलागेपछि उनले न्याय पाउने आशा नै टुटेको बताएकी छिन । निर्मलाकी आमाको अहिले दैनिक भीमदत्त नगरपालिका २ नम्बर वडा कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएकी छिन । बाँकी दुई छोरीको भविष्य निर्माणको उनलाई चिन्ताछ ।

नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले तीन समयवितिसक्दा पनि वास्तविक हत्यारा लुकाएकै कारण पत्ता नलागेको बताए । उनले निर्मलाको हत्यारा सार्वजनिकका लागि आज प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको बताईन । आइतबार निर्मलाका बाबु यज्ञराज पन्त र सौतेली आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताए । संयोजक भण्डारीले साँझ दिप प्रज्वलन गरिने बताईन । कञ्चनपुरकी अर्की अधिकारकर्मी निर्मला जोशी(भट्ट)ले न्यायको दिप अझै नमरेको बताउँदै सरकारले चाहे हत्यारा पहिचान हुने बताईन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डबारे अनुसन्धान जारी रहेको जनाएको छ । निर्मला हत्याकाण्ड बारे विगतमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धानका लागि आएका प्रहरी उपरीक्षक उमा चर्तुरबेदीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेबारी पाएका छन । उनले निर्मला हत्याकाण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने बताएका छन । निर्मला हत्याकाण्ड भएदेखि कञ्चनपुरका बालिका, किशोरी एव महिला त्रसित भएका छन ।

ताजा समाचार