Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वास बाल उद्यानको नाम परिवर्तन बारे नेपाली काँग्रेस द्वारा प्रेस विज्ञप्ति जारी,...

पुनर्वास बाल उद्यानको नाम परिवर्तन बारे नेपाली काँग्रेस द्वारा प्रेस विज्ञप्ति जारी, निणर्य नसच्चिए अन्दोलनको घोषणा

किशोर तमाङ्ग 
पुनर्वास,  कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको पुनर्वास बाल उद्यानको नाम परिवर्तन गरिए पछि नेपाली काँग्रेसले बिरोध जनाएको छ ।

शुक्रबार नेपाली काँग्रेस पुनर्वास कार्यसमितिले पुनर्वास बाल उद्यान काे प्रतिक्षालयमा जमा भई नाम परिवर्तन गरेकाेमा बिराेध जनाई नमाने कडा आन्दोलन र बिरोध गर्ने भन्दै प्रेस विज्ञप्ति जारी गरिएको छ।

पुनर्वास बाल उद्यान नाममा २०७४ सालमा निर्माण भएको बाल उद्यान हाल एकाएक स्थापना मिति र उद्यानको नामनै परिवर्तन गरेपछि नेपाली काँग्रेसले नाम सच्याई पहिलेकै पुनर्वास बाल उद्यान राख्न प्रेस विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

मदन भण्डारी आफैमा सम्मानित व्यक्तित्व हुन,पुनर्वास बाल उधान आफै पुनर्वास नगरपालिकाको पहिचान दिने,पुनर्वासलाई चिनाउने स्थान हो। पुनर्वास बाल उधान साझा पुनर्वास को पहिचान हो!! इतिहास पुरुष मदन भण्डारी नाममा नेपाली काँग्रेसको बिमति हैन दुई तिहाई नगरपालिकाको सरकारले नगर-सभा बाट पारित गरि दम्भ देखाउनु र पार्कलाई पार्टी को पार्क या कार्यालय बनाउन खोज्नु निन्दनीय रहेको बिज्ञाप्तिमा उल्लेख गरिएको छ।

नगर पालिकाले एकलौटी रूपमा कार्यपालिकाको दम्भमा भएको संरचना को अस्तित्व मेटाउने काम भएको छ। जहांसम्म नगरसभाको कुरो छ, बहुमत पुग्छ भन्दैमा अस्तित्व नै नरहने गरी निर्णय गर्न लगाउनू बुद्धिमत्तापूर्ण र विवेकपुर्ण कार्य नभएको नेपाली काँग्रेसका नेता डिबी तामाङ्गले बताउनुभयो।

नेपाली काँग्रेसका नगर सभापति यम प्रसाद पौडेलले प्रेस विज्ञप्ति मार्फत कडा विरोध जनाउदै सर्ब पक्षीय छलफल पछि मात्र नामाकरण गरिनु पर्नेमा केही ब्यक्तिबाट एकलौटी रुपमा मनोमानि ढङ्गबाट नाम परिवर्तन गरेकोमा नेपाली काँग्रेसले यथाशिघ्रा सच्याउन आग्रह गरेको छ ।सर्बदलिय छलफल गरि तुरुन्त नाम नसच्चिए नेपाली काँग्रेसले बिरोध कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो।

नगरपालिकाले भने २०७७ /०७८को नगर अधिबेशन बाटै नाम संशाेधन गरि मदन भण्डारी स्मृती पार्क नामाकरण गरिने भनी सर्बसम्मत निर्णय भएकाे बताएकाे छ । नगर अधिबेशन बाट नै निर्णय पारित गरीएकाेले यसमा बिबाद गर्नु पर्ने अावश्यक नरहेकाे नगर उपप्रमुख शारदा बिष्टले बताउनु भयाे ।

उद्यानको नाम परिवर्तन बारे नेपाली काँग्रेस पुनर्वास नगरपालिका ३का सभापति शुक बहादुर तामाङ्गले आफ्नो फेसबुक स्टाटस मार्फत बिरोध जनाए पछि यतिखेर विभिन्न काेणबाट सामाजिक सञ्जालहरूमा नगर कार्यपालिका को निर्णय प्रति टिकाटिप्पणी भईरहेका छन। 

ताजा समाचार