Friday, September 30, 2022
गृहपृष्ठराष्ट्रिय समाचारबेलडाँडी प्रा.स्वा.केन्द्रद्धारा बालिकाको स्वास्थ्यमाथि खेलवाड,घाटी दुखेकी बालिकालाई लुतोकोऔषधी दिईयो

बेलडाँडी प्रा.स्वा.केन्द्रद्धारा बालिकाको स्वास्थ्यमाथि खेलवाड,घाटी दुखेकी बालिकालाई लुतोकोऔषधी दिईयो

कञ्चनपुर,
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा घाँटी दुखेको जाँच गराउन गएकी एक बालिकालाई जुम्रामार्ने अाैषधी खुवाईएको छ ।

यही ४ गते सामान्य घाटि र हात खुट्टा दुखेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडी गएकी वडा नम्बर १ बस्ने १७ बर्षिया बालिका सरस्वती भट्टलाई दिनको तिन चोटी खानु भनेर लुतो तथा जुम्रा मार्न लगाईने साईकोवेक्स नामक औषधी खान दिएपछि बालिका सरस्वती भट्टलाई वान्ता भए पछि मात्र उक्त घटना खुल्न आयो कि सो औषधी त अर्के रहेछ । बालिकाले भनिनन् ‘एक ढक्कन औषधी खाएपछि आफुलाई बान्ता आएको र रिगाटा लागेको सुनाइन । उनलाई सो औषधी संग विसेकRanitidine, manoj, समेत दिईएको थियो ।

बालिकाका अाफन्त र बेलडाँडीका स्थानिय बासिन्दाले सो घटना निन्दनीय भएको बताउदै स्वास्थ्य केन्द्र घेराउ गरे पछि स्वास्थ्य केन्द्रले कमजोरी स्वीकार गरेको हो ।

बेलडाँडीका युवा समाजसेवी सचिन कठायतले भने स्वास्थ्य संस्थाका तर्फबाट सो कमजोरी हुन पुगेको बताउदै अागामी दिनमा यस्ता कमजोरी नगर्न अाग्रह गरे । उनले भने कार्यालय समयमा कोही पनि स्वास्थ्यकर्मी नहुने र ओजिटी गर्नेहरुले मात्र विरामीलाई हेर्ने कारणले यस्ता घटना हुने गरेको जसको दोषि व्यवस्थापन समिति र स्वास्थ्य केन्द्र प्रमुख राजेन्द्र प्रसाद भट्ट रहेको बताए ।

स्वास्थ्य केन्द्रले आम बेलडाँडीबासिको स्वास्थ्यमाथी मजाक गरेको र बेला बेलामा आफुहरुले स्वास्थ्य सेवा सुधारका लागि ज्ञापन पत्र बुझाएपनि स्वास्थ्य प्रशासनले बेवासता गरेको र कर्मचारीहरु पनी सबै एकै पटक विदामा बस्ने गरेका कारण स्वास्थ्य चेक जाँचमा आम बेलडाँडीका जनताले दुख खेप्नु परेको महिला नेत्री  शान्ति नाथले बताउनु भयो ।

स्वास्थ्य केन्द्रले सेवा दिदा कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहर्याउने प्रशासनले जनाएको छ । केही स्वास्थ्यकर्मी बिदामा रहेकाले ओजिटी गर्नेहरुले  सो अाैषधी दिएर गल्ती हुन पुगेकाले सो गल्तीको सबै जिम्मोवारी आफुले लिएको र आगामी दिनमा फेरी त्यस्तो घटना नहुन दिने प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीका प्रमुख राजेन्द्र प्रसाद भट्ट प्रतिबद्धता व्यक्त समेत गरे ।

स्वास्थ्य केन्द्र व्यवस्थान समितिका अध्यक्ष एवं बेलडाँडी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष प्रेमराज खातीले भने बेला बेलामा यस्ता त्रुटीले आम जनताको स्वास्थ्यमा ठुलो असर पर्ने भएकाले आगामी दिनमा सुधार गरेर अगाडी जानमा स्वास्थ्य केन्द्र प्रमुखलाई आग्रह गनु भयो । 

ताजा समाचार