Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीगरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत प्रविधि हस्तान्तरण

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत प्रविधि हस्तान्तरण

हरिश्चन्द्र बाग/कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत प्रविधि हस्तान्तरण गरिएको छ । गत आर्थिक वर्षको बजेटबाट खरिद गरिएका सामग्रीहरू बिहीबार एक कार्यक्रमका बिच लक्षित वर्गलाई हस्तान्तरण गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कार्यक्रममा समावेश भई सीप आर्जन गरेका नागरिकहरूले लगनशीलतापूर्वक स्वरोजगार प्रवर्द्धनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

कार्यक्रमले ग्रामीण क्षेत्रमा समूह मार्फत भइरहेका कार्यहरूलाई सहयोग पुर्‍याउने बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीले विश्वास व्यक्त गर्नुभयो । बेलडाँडी गाउँपालिका वडा नम्बर ३ र ५ मा गत वर्ष देखि कार्यक्रम लागू गरिएको सामाजिक विकास शाखा अधिकृत हेमराज रेग्मी जोशीले बताउनुभयो । अन्य वडाहरूमा चालु आर्थिक वर्षबाट कार्यक्रम लागू हुन लागेको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत छनौट भएका नागरिकहरूको स्तरोन्नति तथा पुराना उद्यमीहरूलाई प्रविधि हस्तान्तरण कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री, उपाध्यक्ष कमला देवी कार्की, गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष अम्बर बहादुर खत्री, वडा नम्बर २ का वडाध्यक्ष प्रेमराज खाती, वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरी, वडा नम्बर ५ का कार्यवाहक वडाध्यक्ष कमला देवी ओखेडा, वडा नम्बर १ का वडा सदस्य गणेश बिष्ट, वडा नम्बर २ का वडा सदस्य रमा भण्डारी बिष्ट सहित कर्मचारी, पत्रकार तथा उद्यमीहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार