Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीपुनर्वासको बाल उद्यानको नाम परिवर्तन प्रति काङ्ग्रेसको आपत्ति

पुनर्वासको बाल उद्यानको नाम परिवर्तन प्रति काङ्ग्रेसको आपत्ति

लाल बहादुर एसके/पुनर्वास,
 २०७४ सालमा पुनर्वास बाल उद्यानको नामाकरण सहित स्थापना भएको पार्कको नाम परविर्तन भएको प्रति पुनर्वास कांग्रेसले अापत्ति जनाएको छ ।

सुटुक्क एक्कासी नाम परिवर्तन गरिएको भन्दै नेपाली काङ्ग्रेसले आपत्ति जनाएको हो । पुनर्वास नगरपालिका-३,आई.बी.आर.डी. मा रहेको उक्त पार्कको नाम मदन भण्डारी स्मृति पार्क राखिएको प्रति काङ्ग्रेसले आपत्ति जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ को सातौ नगर सभाबाट वार्षिक नगर विकास योजनामा गरिएको निर्णयमा ४१ नम्बर बुदा र किताबमा भने ३० नम्बर बुदामा पार्कको नाम “मदन भन्डारी स्मृति पार्क” नामाकरण गरी स्त्तरोन्नति गरिने कुरा उल्लेख छ ।
तर नगर सभाबाट अनुमोदन भएपनि यता नेपाली काङ्ग्रेस पुनर्वासले भने नगरपालिकाले गरेको एकलौटी निर्णय मान्य नहुने यसलाई तत्कालै संशोधन गर्नुपर्ने भन्दै माग गरेको छ ।  कांग्रेसका अनुसार नाम संशोधन  नगरिए कडा रुपमा प्रस्तुत हुने समेत जनाएको छ ।

छाया सरकारका पुनर्वास प्रमुख तोया प्रसाद शर्माले पनि सर्वदलीय र सर्वपक्षीय रुपमा गरिनुपर्ने निर्णयलाई नगरपालिकाले एकलौटी गरेको निर्णय सरासर गलत भएको भन्दै घोर भत्सर्ना गरेका छन् ।

यस विषयमा पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाका अनुसार गत बर्षको नगर सभाबाटै संरक्षण प्रबर्द्धन र नाम परिवर्तन गर्ने निर्णय पारित गरेको कुरा अहिले अाएर अनावश्यक बखेडा झिक्ने काम भएको बताए । वहाका अनुसार नगर सभाले गरेको निर्णय अाफुले एक्लाैटी ढंगले परिवर्तन गर्न नसकिने बताउनु भयो । 

ताजा समाचार