Friday, September 30, 2022
गृहपृष्ठसमाचारवडा सभापतिमा उम्मेदवाारी दिने युवा नेता थापाको चर्चा

वडा सभापतिमा उम्मेदवाारी दिने युवा नेता थापाको चर्चा

विकास सिह महता /कञ्चनपुर 
नेपाली कांग्रेस को १४ औ महाधिवेशन नजिकिदैं जाँदा धनगढी उप–माहानगरपालीका तरुण दलका नगर उपसभापती साथै वडा न.१२ तरुण दलका अध्यक्ष युवा नेता डबल बहादुर थापाले वडा सभापतिमा उम्मेदवाारी दिने चर्चा चलेको छ ।
उनले उम्मेदवारी दिने चर्चा चले सँगै अरु ३/४ जनाले पनि उम्मेदवारी दिने भएका छन् । लामो समय देखि नेपाली काँग्रेसमा सक्रिय भएर लागेका थापा आफु वडा सभापति हुनेमा ढुक्क छन् । खेल प्रेमी तथा समाज सेवामा सधै लागि रहेने थापा आफुलाई जिम्मेवारी पाए निष्पक्ष र इमान्दारीका साथ आफुले गर्ने कर्तव्य निभाउने बताउछन् ।
कैलाली जिल्ला फुटबल संघका कोषाध्यक्ष समेत रहेका थापा मनकामना युवा क्लबका अध्यक्ष समेत हुन ।

ताजा समाचार