Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीपेट्रोलियम पदार्थको मुल्य र भाडा बृद्धि बिरुद्धमा प्रर्दशन

पेट्रोलियम पदार्थको मुल्य र भाडा बृद्धि बिरुद्धमा प्रर्दशन

कञ्चनपुर,
लगातार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य र भाडा बृद्धिको बिरोधमा प्रर्दशन गरिएको छ । सिद्धनाथ विज्ञान क्याम्पसका विद्यार्थहरुले सोमबार महेन्द्रनगरमा पेट्रोलियम पदार्थको मुल्य र भाडा बृद्धिको बिरोध प्रर्दशन गरेका हुन । विज्ञान क्याम्पसका विद्यार्थी नेता प्रकास बडूले विद्यार्थीको डाढसेक्ने गरि सार्वजनिक यातायातमा २८प्रतिशत भाडा बृद्धि र ईन्धनको मुल्य बृद्धिको बिरोधमा प्रर्दशन गरिएको बताए । विज्ञान क्याम्पसका अर्का विद्यार्थी नेता खेम फुलाराले ईन्धनको मुल्य बृद्धि बिरोधमा प्रर्दशन गर्दै फिर्ता नभए थप आन्दोलनको चेतावनी दिए । विज्ञान क्याम्पसका विद्यार्थीले नेम प्लेट सहित बिरोध प्रर्दशन गरेका थिए ।

ताजा समाचार