Tuesday, September 27, 2022
गृहपृष्ठअन्यलिङ्गामा बाबाको हत्या

लिङ्गामा बाबाको हत्या

पुष्कर भट्ट/कञ्चनपुर,
कञ्चनपुरको प्रख्यात पर्यटकिय क्षेत्रमा एक बाबाको हत्या भएको छ । बेदकोट नगरपालिका ४ शिवलिङ्गेश्वरमा गराती हत्या भएको स्थानीयले बताएका छन । लुटेरा समुहले अन्दाजी ७०/०७५ बर्षिया किशन नाथको हत्या भएको बताएका छन । तर, प्रहरीले हत्याबारे पुष्टी गरेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले हत्या वा अन्य कारण बारे अनुसन्धान भईरहेको बताउदै, संस्कास्पद मृत्यु भएको बताए । घटना स्थलमा प्रहरी, बेदकोट नगरका मेयर अशोक चन्द सहित पुगेका छन । सनातन धर्म संस्कृति समाज नेपालका अध्यक्ष नरेन्द्र राज जोशी, केन्द्रीय सदस्य कृष्णानन्द भट्ट लगायतले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । पर्यटन क्षेत्रमा बाबा जीकै हत्या भएपछि स्थानीय त्रसित भएका छन ।

ताजा समाचार