Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीनिड्स नेपालद्धारा ४० घरधुरी लाई खाद्यान्न सहयोग

निड्स नेपालद्धारा ४० घरधुरी लाई खाद्यान्न सहयोग

बिकास सिंह महता/कञ्चनपुर,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को दोस्रो लहरले मानव जनजीवन प्रभावित बनाएको विषम परिस्थितिमा खाद्यान्न सहयोग गरेको छ।

शुक्रबार एक कार्यक्रमका साथ कारितास अस्ट्रेलियाको र कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालको सहकार्यमामा निषेधाज्ञाले समस्यामा परेका भीमदत्त नगरपालिका वडा ११,१३ र १८ का गरिब विपन्न परिवार , एकल महिला लाई निड्स नेपाल अध्यक्ष ,कोषाध्यक्ष अञ्जु भट्ट , रबिन्द्र देवकोटा र वडा नम्बर १८ र ११ का वडा महिला सदस्य कमला देवकोटा र गिता ओलि लगायतको उपस्थितिमा खाद्यान्न वितरण गरिएको कार्यक्रम संयोजक बिनोद कडाराले जानकारी दिनु भयो । उनका अनुसार तीन वटै वडाका एकल महिला , गरिब विपन्न ४० घरधुरी लाई खाद्य सामग्री २५ किलो चामल ,४ किलो दाल ,२ लिटर तेल र १ किलो नुन हस्तान्तरण गरिएको हो।

मानवीय सहायताका क्षेत्रमा काम गर्ने संस्था भएकाले महामारी संगै निषेधाज्ञाले बजार समेत बन्दले गर्दा समस्यामा परेका विपन्न परिवारको निड्स नेपाल सहायता बन्दै सामाजिक कार्यमा अग्रसर रहने गैरसरकारी संस्था हो। बन्दाबन्दीले चौतर्फी रुपमा ज्यालादारी गर्न लाई पनि समस्या परेको आपत्कालिन विषम परिस्थितिको समयमा यसरी आफुहरुले रासन पाउदा खुसी भएका छन् । 

ताजा समाचार