Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीएस ब्यूर्टी टेनिङ्ग सेन्टरमा निःशुल्क एक दिने सेल्फ मेकअफ तालिम

एस ब्यूर्टी टेनिङ्ग सेन्टरमा निःशुल्क एक दिने सेल्फ मेकअफ तालिम

भाष्कर केसी/कञ्चनपुर,
कञ्चनपुरको महेन्द्रनगरमा रहेको एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरले निःशुल्क सेल्फ मेकअफ तालिम संचालन गरेको छ । महिलाका लागि साउन विशेष कार्यक्रम भएकाले एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरले एक मेकअफ तालिम संचालन भएको हो ।
तालिम सेन्टरमै बिहीबार बिहान, दिउँसो, साँझ गरि तीन सिप्टमा मेकअफ तालिम दिईएको थियो । भोली(शुक्रबार)देखि शुरु हुने साउन महिना महिलाका लागि विषेश महिना भएकाले निःशुल्क तालिम संचालन गरिएको एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरले जनाएको छ ।
एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरका संचालक शुनिला विष्ट(धानुक)ले साउन महिना महिलाका लागि विशेष महिना भएकाले निःशुल्क तालिम दिएको बताए । ‘हामीले तालिम सेन्टरमै तीन सिप्टमा तालिम संचालन गरेका छौँ, ‘उनले भनिन, ‘हामीले समाजिक दायित्व निर्माण गरेका छौँ ।’
भारतबाट ब्यूटिसियन÷मेकअफ आर्टस गरेकी शुनिताले गत बैशाख पहिलो साता महेन्द्रनगरमा ठूलो लगानीमा ब्यूटिसियन सेन्टर खोलेकी थिईन । ‘हामीले ब्यूटिसियन सेन्टर खोलेको दोस्रो सातामै लकडाउन भयो, ‘उनले भने, ‘लकडाउनका बेला यस्तै विवाहमा मेकअफ गरेकी थिए ।’ निःशुल्क तालिम पाएकी भीमदत्त नगरपालिका १० जिमुवाकी किशोरी भुवनेश्वरी प्वालीले तालिम राम्रो भएको अनुभव पोखिन् । ‘तालिम राम्रो लाग्यो, ‘उनले भनिन, ‘अब फेरी पनि गर्छु ।’ उक्त तालिम सेन्टरमा ६ महिना अवधिको ब्यूटिसियन र ३ महिनाको मेकअफ आर्टिष्ट कोर्ष सचालन गरिएको छ ।
ब्यूटिसियन तालिम लिईरहेकी भागरती खडकाले प्रशिक्षक शुनिता विष्टले साधारण तरिकाले सिकाउने गरेकी बताईन । ‘सिद्धान्त तथा अभ्यास सरल तरिकाले सिकाईन्छ, ‘उनले भनिन, ‘सिकाई राम्रो राम्रो लाग्यो ।’ उक्त तालिम सेन्टरमै मेकअप तालिम लिईरहेकी देवकी विष्ट(प्वाली)ले व्यवसाय संचालन गर्नका लागि तालिम दिईरहेको बताईन । ‘मैले भविश्ष्यमा केही गर्ने सोच दिएकी छु, ‘उनले भनिन, ‘घर परिवारको साथ सर्मथनमा तालिम लिईरहेकी छु ।’ एस ब्यूटि स्टुडियो एण्ड टेनिङ्ग सेन्टरकी संचालिका शुनिताले भिआईसीसी कम्पनीका समाग्री प्रयोग गरेर सिकाई रहेको बताउदै स्तरिय तालिम संचालन गर्ने बताईन् ।

ताजा समाचार