Friday, September 30, 2022
गृहपृष्ठआर्थिकबेलडाँडीमा खैरो हिरोईन सहित २ जना पक्राउ

बेलडाँडीमा खैरो हिरोईन सहित २ जना पक्राउ

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा २ जना खैरो हिरोईन सहित पक्राउ परेका छन् ।
बेलडाँडी गाउँपालिका वडा नं २ चवन्नी खल्ला क्षेत्रबाट बेदकोट नगरपालिका वडा नं२ छेला बस्ने बर्ष २१ को विजय चाैधरी र सोही ठाउँ बस्ने बर्ष १९ को अजय चाैधरीलाई सशस्त्र प्रहरी र प्रहरी चाैकी झिलमिला बाट खटिएको गस्ती टोलीले चेकजाच गर्दा पक्राउ गरेको हो ।

झिलमिला बिअोपीकास.प्र.स.नि. नरेन्द्र ऐर र झिलमिला प्रहरी चाैकीका प्र.ना.नि. राम ब. बोहरा रहेको सयुक्त गस्ती टोलीले ३ ग्राम ७४० मिलि ग्राम ब्राउनसुगर बरामद गरेको सशस्त्र प्रहरी झिलमिला पोष्टका इन्चार्ज योगेन्द्र भण्डारीले जानकारी गराउनु भयो । 

ताजा समाचार