कञ्चनपुर,
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको बिरोधमा पाँच विद्यार्थी संगठनले केन्द्रमा बृद्धि गरिएको मुल्य फिर्ताको माग अघि सारेको आन्दोलन गरिरहेका बेला कञ्चनपुरमा समेत पेट्रोल पम्प बन्द गराएका छन । केन्द्रीय कार्यक्रमम अनुरुप कञ्चनपुरमा बुधबार अखिल क्रान्तिकारीले पेटे«ाल पम्प बन्द गराएका छन । अखिल क्रान्तिकारी कञ्चनपुरका उपाध्यक्ष प्रेम रावलले क्रान्तिकारीको अगुवाईमा नेवि संघ नेपाल समुहको अनेरास्ववियू, अखिल छैटौँ, जसपा(यादव–भट्टराई) पक्षीय विद्यार्थी संघ संगठनले बन्द गराएको बताए । अखिल क्रान्तिकारीले जनताको टाढसेक्ने गरि आयल निगमले ईन्धनको मुल्य बृद्धि गरेर कोरोना महामारीबाट संकटमा परेमा जनतामाथि भार थुपारेको बताए । क्रान्तिकारी कञ्चनपुरका अर्का नेता संगठनले अघि सारेको मागमा बेवास्ता गर्दै पेट्रोल पम्प खोलेर ईन्धन बिक्रि गरेर कार्बाहीको चेतावनी दिए । ईन्धनको मुल्य बृद्धिसंगै विद्यार्थी संघ संगठन आन्दोलित भएका छन ।
