कञ्चनपुर,
सर्वोच्च अदालतले गरेको परमादेशको बिरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको महेन्द्रनगरमा बिरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्ताक्षेप गरेको ओली समुहका युवाहरुले आरोप लगाएका छन् ।

हिजो सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्र नाघेर जनादेशको अपमानगर्दै परमादेशबाट प्रधानमन्त्री नियुक्त गरेको विरोधमा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु कंचनपुरले संयुक्त रुपमा गरेको शान्तिपुर्ण आन्दोलनमा प्रहरीद्धारा हस्तक्षेप भई लाठी चार्ज भएको छ ।
प्रहरीको हस्ताक्षेपका कारण अनेरास्ववियु कञ्चनपुरका केन्द्रिय सदस्य कमल रोकाया र राष्ट्रिय युवा संघ नेपाल कंचनपुरका सचिबालय सदस्य रबिन नाथ घाइते भएका छन् ।
कंचनपुर जिल्लामा ओली समुहका युवाहरुले अदालत भित्र विदेशी मतियारहरु र चोलेन्द्र प्रवृत्तिका विरुद्ध पुत्ला दहन गरेपछि प्रहरीले हस्तक्षेप गरी आफुहरु माथी आक्रमण शुरु गरेको अनेरास्ववियु केन्द्रिय सदस्य बिक्रम थापाले जानकारी गराउनु भयो । वहाँका अनुसार अदालतले असम्बैधानिक कदम चालेको प्रति घोर आपती प्रकट गर्दै शान्तिपुर्ण आन्दोलन थालिएको थियो ।