Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीनयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

नयाँ प्रमुख जिल्ला अधिकारीलाई पाण्डेय समाजद्धारा स्वागत

कञ्चनपुर,

कञ्चनपुरका नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा आउनुभएका राम प्रसाद पाण्डेयलाई जिल्लामा स्वागत गरिएको छ ।

आज मंगलवार नेपाल पाण्डेय समाज सुदूरपश्चिम प्रदेश समितिले उहाँकै कार्यकक्षमा पुगेर स्वागत गरेको हुन् ।

नेपाल पाण्डेय समाज सुदुरपश्चिम प्रदेश समितिका अध्यक्ष एंव नेपाल कानुन व्यवसाय परिषदका केन्द्रीय पार्शद अधिवक्ता प्रकाश पाण्डेय, महेन्द्रनगरका व्यापारी तथा उद्योगी नारद पाण्डेय, र उच्च अदालत बार ऐसोसियसनका पुर्व अध्यक्ष शिवराज पाण्डे लगायतको उपस्थीतीमा प्रमुख जिल्ला अधिकारी पाण्डेयको स्वागत गरिएको बेलौरी नगरपालिकाका कर्मचारी अशोक पाण्डेयले जानकारी गराउनु भयो ।

कञ्चनपुरमा सिडिओ पाण्डेयद्वारा उल्लेखनीय र प्रशंसनिय कार्यहुने शुभेच्छा सहित नेपाल पाण्डेय समाज सुदुरपश्चिमले स्वागत अभिबादन सहित जिल्लाको बसाई सफल सुखद रहोस भनी बधाई तथा शुभकामना समेत व्यक्त गरेको हुन।

ताजा समाचार