Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसंसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

संसद पुर्नस्थापनाको खुसियालीमा बेलडाँडी वाइसियलद्धारा दिपप्रज्वलन

बेलडाँडी,

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै हिजो सर्वोच्च आदालतले पूर्नस्थापना गरेको खुसीयालीमा आज बेलडाँडी वाईसियलले दिप प्रज्वलन गरेको छ ।

पुर्व प्रधानमन्त्री र राष्ट्रपति मिलेर सत्ताका लागि संविधान र लोकतन्त्रको चीरहरण गरिरहेका बेला न्यायालयले संविधानको रक्षा गर्दै संसद पूर्नस्थापना गरेको भन्दै बेलडाँडी नेकपा माओवादी केन्द्र निकट वाइसियले दिपावली मनाएको बेलडाँडी वाइसियल इन्चार्ज चेत बहादुर शाहले जानकारी गराउनु भयो।
वहाँका अनुसार ओली राजको अन्त्य भएको र संसद पूर्नस्थापना भएको अवसरमा दिप प्रज्वलन गरिएको बताए । नयाँ प्रधान मन्त्री, मन्त्रीहरुलाई हार्दिक बधाई समेत दिदै पुर्व प्रधानमन्त्री ओलीको जस्तो दम्ब घमण्ड नर्गन आग्रह समेत गर्नु भयो । राजनितिबाट खिन्न बन्न लागेका जनतालाई राजनितिबाटै समस्या सामाधन गर्नुपर्ने भन्दै वाइसियल बेलडाँडी भ्रष्टचार, कुशासनका विरुद्धमा डटेर लडिरहने समेत जनाए ।

यस्तै नेपाल समुहका नेता कार्यकर्ताहरुले ओलीको दम्भ घमण्ड र अहङकार प्रवृतिले दुईतिहाईबाट अपमानजनक ढङगबाट सत्ता छाड्नुपर्ने अवस्था आएकाले प्रधानमन्त्रीमा देउवा चयन भन्दा संसद पूर्नस्थापना भएकोप्रति खुसी व्यक्त गरेका छन ।

उक्त कार्यक्रममा वाईसियल जिल्ला सदस्य शेर बहादुर खत्री, बेलडाँडी वाइसियल इन्चार्ज चेत बहादुर शाह, वाईसियल बेलडाँडी संयोजक दिपक खडका लगायत युवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ताजा समाचार