विकास महता,
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेसंगै सर्वोच्चले आदालतले पूर्नस्थापना गरेको छ । प्रधानमन्त्री र राष्ट्रपति मिलेर सत्ताका लागि संविधान र लोकतन्त्रको चीरहरण गरिरहेका बेला न्यायालयले संविधानको रक्षा गर्दै संसद पूर्नस्थापना गरेको भन्दै कञ्चनपुरमा दिपावली मनाईएको छ ।
नेपाल समुह सहित काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जसपा, विवेकशिल सहितका दल, तिनका भातृ संघ संगठनहरुले दिपावली मनाएका हुन । नेकपा माओवादी केन्द्र निकट वाईसियल भीमदत्त नगरका इन्चार्ज ओली राजको अन्त्य भएको र संसद पूर्नस्थापना भएको अवसरमा भीमदत्त नगरका दिप प्रज्वलन गरिएको बताए । मंगलबार राती नै कञ्चनपुरको भीमदत्त नगर, शुक्लाफाँटा र बेलौरी लगायतका क्षेत्रमा दिप प्रज्वलन गरिएको थियो । नेपाल समुहका नेता कार्यकर्ताहरुले नै ओलीको दम्भ घमण्ड रअहङकार प्रवृतिले दुईतिहाईबाट अपमानजनक ढङगबाट सत्ता छाड्नुपर्ने अवस्था आएकाले प्रधानमन्त्रीमा देउवा चयन भन्दा संसद पूर्नस्थापना भएकोप्रति खुसी व्यक्त गरेका छन ।
कञ्चनपुरका नागरिकले समेत लोकतन्त्र माँस्ने काममाथि सर्वोच्चले अंकुस लगाएको बताएका छन । नागरिक समाजले सर्वोच्चको फैसलाको स्वागत गरेको छ ।
