Tuesday, September 27, 2022
गृहपृष्ठअन्तर्राष्ट्रिय समाचारभारतीय चोरडाँका समुहले लुटेका भैसी फेला परे

भारतीय चोरडाँका समुहले लुटेका भैसी फेला परे

बेलडाँडी,
भारतीय चोरडाँका लुटेरा समुहले नेपाली किसानका चर्न गएका भैसी लुटेपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सकृयतामा भैसी फेला परेका हुन् । शुक्रबार कञ्चनपुरको बेलडाँडी गाउँपालिका किसान मध्यवर्ती सामुदायिक वनको खुल्ला चाैरमा चर्न लगिएका भैंसी भारतीय चोरडाँकाको समुहले हेराला भएकाहरूलाई धम्की दई लगेको स्थानीयले बताए ।

हिजो साझ देखि खोजी कार्य गरेपछि रातीको १२ बजे फेला परेको र जसमा १३भैसी–राँगा मध्ये १२भैसी–राँगा फेला पारेको झिलमीला बिअोपीका प्रमुख योगेन्द्र भण्डारीले जानकारी गराउनु भयो । वहाका अनुसार १ राँगाको खोजी कार्य भईरहेको बताए ।

यस क्षेत्रमा पहिले देखि यस्ता कार्य हुँदै अाएकन छन् । भारतीयहरूले लुटपाट देखि पशु चाैपाया समेत चोर्ने गरेका छन् । यस्ता गतिविधि नियन्त्रण गर्न सिमा सुरक्षामा खटिएको टोली लागि परेको छ ।

ताजा समाचार