Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीविप्लव कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन सीमा अतिक्रमण बिरुद्धमा संघर्षका कार्यक्रम संचालन गरिने

विप्लव कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन सीमा अतिक्रमण बिरुद्धमा संघर्षका कार्यक्रम संचालन गरिने

मदन नेपाली,
नेपाल कम्यूनिष्ट पार्टी(विप्लव) कञ्चनपुरको पार्टी कार्यालय उद्घाटन गरिएको छ । प्रतिबन्धपछि नेकपा विप्लवले खुला राजनीतिकसंगै महेन्द्रनगरमा पार्टी कार्यालय संचालनमा ल्याएको हो । आइतबार एक कार्यक्रमका विच पार्टी कार्यालयको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज ओम पुन(निर्माण)ले खुला राजनीतिक कार्यक्रमका लागि पार्टी कार्यालय अपरिहार्य अनुरुप संचालनमा ल्याएको बताए । ‘पार्टीमाथिको प्रतिबन्ध हट्यो, ‘उनले भने, ‘अझै मुद्दा खारेजी र हाम्रा कयैन साथिहरु सरकारले रिहा गरेको छैन ।’
पार्टीले वैज्ञानिजक समाजवादका लागि राजनीतिक कार्यक्तम ल्याउने उनले बताए । पार्टी कार्यालय उद्घाटनसंगै नेकपा विप्लव कञ्चनपुरले १४ बुँदा जारी गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेको छ । विप्लव कञ्चनपुरले जारी गरेको प्रेस विज्ञप्तीमा किसानदेखि राष्ट्रियका विषय समेटिएका छन । वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रह सृजना गरिने निर्णय गरेको छ । विप्लवले राष्ट्रियताका विषयमा संघर्षका कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ । भ्रष्टाचार, समाजिक अपराध, चुरे दोहन, एमसीसी, कर छली, पाठ्य पुस्तक तथा सबै सरकारी कार्यालयमा नेपालको चुच्चे नकसा राख्न लगाउने जनाएको छ ।
असारे विकासका नाममा हुने कमिसन बिरुद्धमा विप्लव पार्टीले भण्डाफोर गर्ने भएको छ । कोरोना महामारीका बेला व्यापारिकशैलीमा अनियमितता गर्नेमाथि प्रहार र सबै नागरिकलाई खोप दिनुपर्ने माग अघि सारेको छ । भूमिहिन, सुकुमबासी, आरक्षपीडितको उचित व्यवस्थापनको हुनुपर्ने सुझाव अघि सारेको छ ।
शिक्षक कर्मचारीविचको विभेद अन्त्य, कोरोना महामारीबाट पीडित सम्पूर्ण व्यवसायीलाई राज्यबाट छुट, महामारीका बेला चर्को ब्याज अशुल्ने सहकारी एव वित्तिय संघ संस्थालाई चेतावनी दिएको छ । भीनपा ९ मटैना स्थित बैजनाथ सिद्धनाथ माविको घटना बारे छानबिन गर्ने, निजी विद्यालयले लकडाउनका बेला विद्यार्थीबाट अवैध रुपमा अशुलीरहेको शुल्क फिर्ता हुनुपर्ने माग अघि सारेको छ । नेकपा कञ्चनपुरका सचिव रमेश परियार(जिवन) र इन्चार्ज ओम पुनद्वारा हस्ताक्षर गरेको गरेको विज्ञप्तीमा किसानलाई समयमै मलखाद उपलब्ध गराउनुपर्ने जोडदार माग गरेको छ ।

ताजा समाचार