Monday, September 26, 2022
गृहपृष्ठआर्थिकअपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम

अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम

विकास सिह महता
कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिलाई माछापालन तालिम लिएको छ । अपाङ्गता कृषि समुह र क्षेत्रीय सहरी विकास आयोजनाको आर्थिक सहयोगमा आइतबार एक दिवसिय तालिम संचालन भएको हो ।
तालिमको उद्घाटन गर्दै भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्गता भएका व्यक्ति जस्तै आत्मनिर्भर बन्ने काम गर्नुपर्नेमा जोडदिदै आत्मनिर्भरताका लागि नगरका तर्फबाट सहयोग गर्ने बताए ।
भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले अपाङ्गता भएका व्यक्तिपनि उत्पादनका काममा लाग्नुपर्नेमा जोडदिए । नेपाल पारा ओलम्पियन कमिटिका सुदूरपश्चिम प्रदेश अध्यक्ष दिर्घ कुमार स्वाँरले अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भर बनाईने बताए । अपाङ्गता कृषि समुहका अध्यक्ष मनोज चन्दले अपाङ्गता भएका व्यक्तिको आत्मनिर्भर बनाउन सरकारी निकायबाट सहयोग गर्नुपर्नेमा जोडदिए । तालिम लिए आएका कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिहरुले नयाँ पेशाको तालिम भएको बताए । 

ताजा समाचार