Sunday, September 25, 2022
गृहपृष्ठदैनिक गतिविधीकानुन विपरित बनेको छानबिन समिति भन्दै बेलडाँडी गाउँ सभाद्वारा समिति र समितिले...

कानुन विपरित बनेको छानबिन समिति भन्दै बेलडाँडी गाउँ सभाद्वारा समिति र समितिले ल्याएको प्रतिवेदन खारेजी

कानुन विपरित बनेको छानबिन समिति भन्दै बेलडाँडी गाउँ सभाद्वारा समिति र समितिले ल्याएको प्रतिवेदन खारेज
बेलडाँडी
कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ मा रहेको राधाकृष्ण प्रा.वि. आधारभूत विद्ययालयमा कम्प्युटर खरिदमा अनियमितता भएको भन्दै गठन भएको समिति र समितिले निकालेको प्रतिवेदन बेलडाँडी गाउँपालिकाले सर्व सहमतिले बदर गरेको छ ।

चालु आर्थिक बर्ष २०७७/०७८ का लागि कञ्चनपुरको बेलडाँडी गाँउपालिका वडा नम्बर ३ को वडा कार्यालयले सोहि वडाको राधाकृष्ण आधारभूत विद्यालयमा कम्प्युटर खरिदका लागि छुट्याएको ३ लाख रुपयाँमा अनियमितता भएको भन्दै पछिल्लो समय निकै चर्चाको विषय बन्दै आएको छ ।

कम्प्युटर खरिदमा विद्यालयका शिक्षकलेनै बिक्रेता धनगढीमा रहेको मोहराईन कम्प्युटरका मालिक संग केहि रकम बचाउने गरी मोलमोलाई गरेको तथ्य बाहिर आएको हो ।
विद्ययालयले गत २०७७ पौष महिनामा आफैले २ लाख तिन हजारका ३ कम्प्युटर १ ल्यापटप र १ थान प्रिन्टर खरिद गरी ल्याएको थियो । तर जसको विल भने ३ लाखकै बनाएर लगेको विक्रेता मोहराईन कम्प्युटरका संञ्चालक मेहश चौधरीले बताएका छन् । उहाँका “अनुसार कम्प्युटर खरिद गर्न विद्यालय अाएको थियो, बिल बढाएर बनाईदिनु पनि विद्यालय नै भनेको र बाचेको रकम पनि विद्यालको नै भएको वहाले बताउनु भयो । तर उक्त बाचेको रकम कम्प्युटर विक्रेता मोहराईन कम्प्युटरले आफु संगै रहेका बताएको छ । सो रकम जो आएपनि मैले दिने हो, उनले भने ।

उता विद्यालयका प्रअ गणेश बहादुर सिहका अनुसार जे छानबिन समितले निकालेको प्रतिवेदन छ त्यही हो बाकी अाफै गाउँपालिकाका अध्यक्षलाई सोध्नुस् वहाले भन्नू भयो ।

उता गाउँपालिकाले भने भ्रष्टाचार भएको भनी गाउँपालिका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको संयोजकत्वको छानवीन समिति कानुन संवत नभएको भनी १० गतेको गाउँ सभाको निर्णय नम्बर ५ ले खारेज गरेको छ । हिजो बुधबार गाउँपालिकाले एक नोट जारी गदै छानविन समिति खारेज भएको बताउदै समितिका केहि व्यक्तीबाट कर्मचारीलाई धम्की आएको भन्दै सुरक्षाको माग गरी ईलाका प्रहरी कार्यालयमा अध्यक्ष थापा क्षेत्रीको हस्ताक्षर गरीएको निवेदन समेत दिएको छ ।

विद्यालयका प्रअ गणेश बहादुर सिहले गाँउपालिकासंग कुनै लिखित मौखिक सल्लाह नै नगरि आफैले खरिद गरेर ल्याएको एक भ्याट बिल मात्र पेश गरेर भुक्तानीका लागि गाँउपालिका आएपछि मात्रै थाहा भएको गाँउपालिकाले यहि १६ बुधबार सार्वजनिक गरेको नोट मार्फत जनाएको छ ।
सार्वजनिक खरिद ऐन विपरित प्रअ आफै संलग्न भएर कम्प्युटर उपकरण खरिद गरेर ल्याएको गाँउपालिकाले जनाउँदै ३ नम्बर वडाले समेत भुक्तानीका लागि सिफारिस गरेको सन्दर्भमा गाँउपालिकाले सार्वजनिक ऐन अनुरुप जान आग्रह गरिएको सार्वजनिक गरेको नोटमा उल्लेख गरिएको छ ।
बिक्रेताको बिल भुक्तानी प्रकृयामा रहेका बेला प्रअ सिहले कम्प्युटर खरिद प्रकरणमा अनियमितता भएको भनि केही व्यक्तिहरुलाई साथमा लिएर गाँउपालिकामा गई भ्रष्टाचार भएको भनी छानविन समिति बनाउन लगाएको बताईएको छ ।
छानबिन समितिमा रहेकाहरूले अध्यक्ष धन बहादुर थापालाई गुमराहमा राखेर ऐन कानुन विपरित छानबिन समिति गठन गराएको जनाउँदै स्थानीय सरकार संचालन ऐन, सार्वजिक खरिद ऐन नियमावली विपरित भएकाले समिति र समितिले पेस गरेको प्रतिवेदन यहि असार १० गते सम्पन्न गाउँ सभाबाट सर्वसहमतिले खारेजी गरेको निर्णय समेत सार्वजनिक गरेका हो।

उता गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीले कानुन संबत रुपमा छानविन समिति नभएको भन्दै हामिले गाउँ सभाबाट खारेज गरेका हौ, कानुनी सल्लाह लिदा सो समिति बैध नभएको उनले भने ।
उहाँका अनुसार कुनै पनी व्यक्तीले भ्रष्टाचर गरेको प्रमाणित भए कानुन संम्बत रुपमा काहार्वाहीको भागेदार हुने बताए । उहाँका अनुसार छानविन समितिका केहि व्यक्तीहरुबाट गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत कर्मचारीलाई धम्की आएकाले सुरक्षाको माग गरी ५ जनाको नाममा ईलाका प्रहरी कार्यालय बेलडाँडीमा निवेदन दिएको बताउनु भयो ।

यस्तै उता गाउँपालिकाका प्रमखु प्रशासकीय अधिकृत गणेश दत्त भट्ट भन्छन् आफुलाई झुटा आरोप लगाईएको बताउदै आफै पक्रिया विपरित गएकाले मैले पक्रियामा आउनुहोस भनेर भनेको बताए । उले भने विद्यालयले समान खरिदमा कुनै पनी प्रक्रियामा नआएकाले आफुले प्रक्रियागत रुपमा आउन र भुक्तानी लिन आग्रह गरेको बताए । पछि विक्रेता मोहराईन कम्प्युटरलाई वडाले सिफरिस गरे अनुसार फर्मलाई प्रक्रियामा ल्याएर आफुले भुक्तानी दिएको बताउनु भयो ।
उनले भने खाली मलाई विना कसुर विना प्रमाण अनियमितता गरेको भनी आरोप लगाएर चरित्र हत्या गर्न खोजेको बताए । साथै उहाँले आफु र आफ्नो कुनै पनी कर्मचारीले त्यसो गरेको पाईएमा कानुनी कार्वाहीको भागेदार हुन तयार रहेको समेत बताउनु भयो । तर खाली लालछना लगाएर बदान गर्न खोज्नु ठिक होईन उनले भने ।
कम्प्युटर खरिदमा भ्रष्टाचार नै भएको भएपनि वा आशंका लागेपनि सम्बन्धीत नागरिकले सार्वजनिक निकायमा हुने भ्रष्टाचार रोक्नका लागि क्रियाशिल रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायमा उजुरी दिनु कानुन अनुसार जानुपर्ने भएपनि संगठित रुपमा विवादको भुमरिमा भाँसिएको यहाँ देखिन्छ ।

ताजा समाचार