Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलाैरीमा वडा कार्यालयद्वारा विभिन्न सामग्री वितरण बेलाैरी

बेलाैरीमा वडा कार्यालयद्वारा विभिन्न सामग्री वितरण बेलाैरी

बेलौरी नगरपालिका वडा नम्बर ७ को कार्यालयले आफ्नो वडा भित्र रहेका सामुदायिक विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहहरूलाई विभिन्न सामग्री वितरण गरेको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरी सामुदायिक विद्यालय, ८ जना महिला स्वास्थ्य स्वयंसेविका र ८ वटा आमा समूहहरूलाई सामग्री वितरण गरिएको बेलौरी नगरपालिकाका कम्प्युटर अपरेटर अशोक पाण्डेयले जानकारी गराउनु भयो ।

उहाँका अनुसार सामुदायिक विद्यालयहरूलाई प्रति विद्यालय दुई दुई थान एलइडी टिभी, एक एक थान दराज र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रतिव्यक्ति एक एक थान साइकलका साथै आमा समूहहरूलाई प्रति समूह एक एक थान दराज वितरण गरिएको जनाए ।

कार्यक्रममा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, उपप्रमुख चित्रा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार