Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीनिड्स नेपालद्धारा होल्डिङ्ग सेन्टरमा आप्रवासीका लागि खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न , एघार...

निड्स नेपालद्धारा होल्डिङ्ग सेन्टरमा आप्रवासीका लागि खाद्यान्न सहयोग कार्यक्रम सम्पन्न , एघार दिनमा १२ सय १३ जनाले लिए सेवा

बिकास सिंह महता/कञ्चनपुर,

विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड-१९ को दोस्रो लहरले मानव जनजीवन प्रभावित बनाएको यो विषम परिस्थितिको बेला कञ्चनपुर जिल्लाको पश्चिमी सिमानाका हेल्डिङ्ग सेन्टरमा आप्रवासिका लागी खाद्यान्न सहयोग कार्यक्रम एघारौं दिनमा सम्पन्न गरिएको छ।

बुधबार एक कार्यक्रमका साथ कारितास अस्ट्रेलियाको र कारितास नेपालको आर्थिक सहयोगमा निड्स नेपालको सहकार्यमामा असार ६ गते आइतबार देखि गड्डाचौकी होल्डिङ्ग सेन्टरमा सिमानाका भएर नेपाल आवागमन हुने आप्रवासीका लागि खाद्यान्न सहयोग कार्यक्रम सञ्चालन गरि असार १६ गते बुधबारका दिन निड्स नेपाल अध्यक्ष अञ्जु भट्टको अध्यक्षता कार्यक्रमको समापन गरिएको हो। होल्डिङ्ग सेन्टर क्षेत्रको स्थलगत अनुगमन गरि सिमानाका भएर नेपाल प्रवेश गर्ने नागरिक महिला ,बालबालिका गर्भवती महिला लगायतलाई होल्डिङ्ग सेन्टरमा बसुन्जेलका लागि तत्काल आवश्यकताको पहिचान गरि खाद्यान्न वितरण गर्ने कार्यक्रम एघारौं दिन सम्म संचालन गरिएको र उक्त कार्यक्रम बाट १२ सय १३ जनाले सेवा पाएको अध्यक्ष अञ्जु भट्टले बताउनु भो।

अध्यक्ष अञ्जु भट्ट , सचिब वीर बहादुर सिंह ठकुरी ,कोषाध्यक्ष रबिन्द्र देवकोटा , टिम लिडर निरज थारु , मन राज उपाध्याय ,कार्यक्रम संयोजक बिनोद कडारा , स्वयंसेवक ,सुरक्षाकर्मी लगायतको उपस्थितिमा एघारौं दिनमा कार्यक्रमको समापन गरिएको हो।

मानवीय सहायताका क्षेत्रमा काम गर्ने संस्था भएकाले महामारी संगै निषेधाज्ञाले बजार समेत बन्द भएको र सिमानाका होल्डिङ्ग सेन्टर क्षेत्रमा खाद्यान्न पाउन समेत गाह्रो अवस्था भएको र यसलाई केही सहज होस् भन्नका लागि मानवीय सेवा गरिएको र आपत्कालिन यो विषम परिस्थितिको समयमा यसरी आफुहरुले खानेकुरा संगै पानी पाउदा सिमानाका हुदै हिल्डिङ्ग सेन्टरमा आउने नागरिक लाई सहजता भएको छ ।

ताजा समाचार