Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेदकोटका मेयरद्धारा बेलडाँडी जोड्ने बल्मा नदीको पुलको अवलोकन

बेदकोटका मेयरद्धारा बेलडाँडी जोड्ने बल्मा नदीको पुलको अवलोकन

बेलडाँडी,
जिल्लाको दक्षिण्ी क्षेत्र जोड्ने बल्मा नदीमा बनेको पुलको बेदकोट नगरपालिकाका नगर प्रमुखले अवलोकन गरेका छन् ।
प्रत्येक बर्षायाममा कञ्चनपुरका दक्षिणी क्षेत्रका नागरिकले नदीका कारण भोग्नु परेको सास्तीलाई सम्झिदै उनले पुलको अवस्थाको बारेमा अवलोकन गरेको उनको निजि सचिवालयले जनाएको छ । मेयर अशोक चन्दले आफ्नो फेसबुकमा विगतलाई सम्झिदै स्टाटस हालेका छन् ।

उनले यस्तो लेखेका छन् ःबेदकोट वार्ड न १० बल्मा नदीको पक्की पुल निर्माण कार्य केही दिनमा सम्पन्न हुँदैछ। बिगतमा बल्मा नदीमा पुल नहुदा नदि तरेर कजवे भएर जानू पर्थ्यो। माथि उत्तर तिर बर्षायाममा पानी परेको थाहा नहुने तल घाम लागेको बेला एक्कासी नदी उर्लेर आउँदा कंचनपुर जिल्लाको बेलडाँडी बेलौरी लगायत दक्षिणी क्षेत्र बाट आउने र जाने यात्रुहरुलाई जोखिम थियो।बिगतमा बल्मा नदीले धेरैका सवारी साधन बगायो, माल समान बगे र ठूलो मानविय क्षेती बेहोर्नु परेको थियो। आज त्यो अवस्थाबाट मुक्त भइएको छ। बिगत बर्षमा निर्माण व्यवसायीले लापरबाहीले गर्दा निर्माणकार्य ढिलो भयो। पुल महाशाखा , सडक डिभिजन कार्यालय र सम्बन्धित निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउदा गराउदै यो आर्थिक बर्षमा बल्मा नदी पुल निर्माणकार्य सप्पन्न हुँदैछ। सबैलाई बधाई र धन्यवाद।

यसरी उनले पुल निर्माण भएको प्रति खुसी व्यक्त गर्दै पुराना दिनको सम्झना दिलाएका छन् ।

ताजा समाचार