बेलडाँडी,
जनप्रनिधिहरुले जनता सामु गरेको ठुलो बाचा जनतालाई जमिनको मालिक बनाउने बाचाअनुसार कार्यक्रम अघि बढेको छ ।
भूमिहिन दलित, अव्यवस्थित बसोबासी सुकुमबासी नागरिक जनतालाई जमिनको मालिक अर्थात लालपुर्जा उपलब्ध गराउनका लागि कञ्चनपुरको बेलडाँडीमा ऐलानी जमिन नापजाँच शुरु भएको छ ।

भूमि आयोग र बेलडाँडी गाँउपालिकाले बेलडाँडीमा सोमबार देखि ऐलानी जमिन नापजाँच शुरु गरेको हो ।
आज एक कार्यक्रमका विच बेलडाँडी गाउँपालिका वडा नं.३ मा कञ्चनपुरका अध्यक्ष कमला बोहरा र बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापा क्षेत्रीले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका हुन् । भूमि आयोग कञ्चनपुरका अध्यक्ष कमला बोहराले जसरी भएपनि भूमिहिन दलित, अव्यवस्थित बसोबासी सुकुमबासी नागरिक जनतालाई जमिनको मालिक बनाउने बताउनु भयो । बेलडाँडी गाँउपालिका प्रमुख धन बहादुर थापाले गाँउपालिकाको प्रमुख समस्यामा जमिन भएकाले नाँपजाँच कार्यबाट जनता लालपुर्जाधनी बन्ने बताए ।
‘मैले चुनावका बेला बोलेको बाचा पनि जमिन भएका तर, लालपुर्जा बिहिन जनतालाई जमिनको मालिक बनाउने थियो, ‘उनले भने, ‘त्यही स्प्रीट अनुरुप काम अघि बढाउँछु ।’ गाँउपालिकामा नाँपजाँच कार्य शुरुभएसंगै स्थानीय हर्षित भएका छन । गाँउका जनता जमिनका लागि बन्ने स्थानीयको अपेक्षा छ ।