Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीदोधारा चाँदनी नगर सभा सम्पन्न, आगामी आर्थिक वर्षको लागी ६२ करोड १५...

दोधारा चाँदनी नगर सभा सम्पन्न, आगामी आर्थिक वर्षको लागी ६२ करोड १५ लाख १३ हजार रकम बिनियोजन

पप्पु गुरुङ कालापानी/दोधारा : दोधारा चाँदनी नगरपालिकाको सातौ विशेष नगर सभा आज सम्पन्न भएको छ् । आज आगामी आर्थिक वर्ष २०७८/७९ को लागी जम्मा रु. ६२ करोड १५ लाख १३ हजार रकमको बजेट प्रस्ताव गरिएको छ् ।

आगामी आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकार अर्थ मन्त्रालयबाट बित्तिय समानिकरणमा रु. १३ करोड ४० लाख, शसर्त अनुदानमा रु. १८ करोड ४२ लाख, राजस्व बाडफाँडमा रु. ८ करोड २४ लाख, समपुरक अनुदानमा रु. २३ लाख, प्रदेश राजस्व बाडफाँडबाट रु. १९ लाख, प्रदेशबाट बित्तिय समानिकरणमा रु. ९७ लाख, प्रदेशबाट बिशेष अनुदानमा रु. ५३ लाख, प्रदेशबाट बिशेष अनुदानमा रु. ५३ लाख, प्रदेशबाट समपुरक अनुदानमा रु. १ करोड १७ लाख ५४ हजार, आन्तरिक आम्दानीबाट रु. ३ करोड १४ लाख २२ हजार सडक बोर्डबाट ३५ लाख, गत वर्षको मौजदाबाट रु. ३ करोड ५० लाख र सामाजिक सुरक्षा तर्फ रु. १२ करोड गरि जम्मा रु. ६२ करोड १५ लाख १३ हजार आम्दानी हुने प्रस्ताव गरिएको छ् । ब्यय तर्फ चालु खर्च रु. २४ करोड ३४ लाख ६५ हजार र पु“जीगत तर्फ रु. ३७ करोड ८० लाख ४८ हजार रहेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रबक्ता दिल बहादुर सिजालीले बताएका छन् ।

नगरपालिकाले हाल सम्म गरेका उपलब्धिहरुको समेत प्रस्तुत गरिएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले सभा सञ्चालन गरिएको घोषणा गरेपछि आगामी वर्षको नीति तथा कार्यक्रम उप मेयर चिनी गिरीले प्रस्तुत गरेका थिए । शुन्य समयमा उठेका जिज्ञासाहरु बिषयगत समितिहरुले पदाधिकारीहरुले उत्तर दिएका थिए । सभाका सदस्यहरुले उठाएका जिज्ञासालाई बिषयगत समितिका पदाधिकारी तथा नगर प्रमुखले क्रमिकरुपमा जवाफ दिएका थिए । नगर प्रमुख बिर बहादुर सुनारले दोधारा चाँदनी नगरपालिकाको सातौं नगर सभा भब्यताको साथ सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद दिएका छन् । ‘एतिहासिक नगर सभा सभ्य–भब्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने सबैमा धन्यबाद’ नगर प्रमुख बिर बहादुर सुनारले भने । नगर सभा दोधारा चाँदनीका जनताहरुको समृद्ध र बिकासमा फलदायी रहेको बताईएको छ् । नगरको समृद्धि र बिकासमा लाग्न सबै जनप्रतिनिधीहरुलाई नगर प्रमुख सुनारले अनुरोध समेत गरेका छन् । नगर सभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको बताईएको छ् ।

ताजा समाचार