Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी गाँउपालिकाको ९ औँ गाँउ सभा ३८ करोड १९ लाख बजेट नीति,...

बेलडाँडी गाँउपालिकाको ९ औँ गाँउ सभा ३८ करोड १९ लाख बजेट नीति, तथा कार्यक्रम पारित

विकास सिह महता/कञ्चनपुर,
कञ्चनपुरको बेलडाँडी गाँउपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९को नीति, कार्यक्रम तथा बजेट पारित भएको छ ।

बिहीबार बेलडाँडी गाँउपालिकाको ९औँ गाँउ सभाबाट अनुमानित ३८ करोड ९१ लाख बजेट, नीति तथा कार्यक्रम पारित भएका हुन । बेलडाँडी गाँउपालिका लेखा समिति संयोजक शकर दत्त भट्टले आगामी बर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएकै दिन पारित भएको बताए ।


उनका अनुसार गाँउपालिकाले आगामी बर्षमा स्वाथ्य, शिक्षा, कृषि, किसानलाई लालपुर्जा दिने, खानेपानी, भौतिक पूर्वाधार, सीमा सुरक्षा एव रोजगारीका कार्यक्रम प्राथमिकतामा राखेर पारित गरिएका जनाए। कोरोना रोकथाम एव कृषिमा आधुनिकीकरण, भूमिहिन नागरिकलाई लालपुर्जा वितरणका नयाँ योजना रहेका छन ।


बजेट प्रस्तुत गर्दै उप पमुख कमला कार्कीले गाँउपालिकाले ल्याएको बजेट कार्यान्वयनमा विश्वास व्यक्त गर्नुभयो । भने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाँउ प्रमुख धन बहादुर थापा क्षेत्रीले गाँउको एकिकृत दिगो विकास र सम्बृद्धिका योजना कार्यान्वयन हुने बताए । गाँउ सभामा जनप्रतिनिधी, प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट सहितका कर्मचारीको सहभागिता रहेको थियो ।

ताजा समाचार