Friday, September 30, 2022
गृहपृष्ठआर्थिकलालझाडी गाँउपालिकाको ९ औँ गाँउ सभा ४७ करोड ५० लाख १ हजार...

लालझाडी गाँउपालिकाको ९ औँ गाँउ सभा ४७ करोड ५० लाख १ हजार ५ सय बजेट नीति, तथा कार्यक्रम पारित

पहिलाद राना

कञ्चनपुरको लालझाडी गाँउपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि ल्याएको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । बिहीबार ९ औँ गाँउ सभामा उपप्रमुख सत्यादेवी महराले प्रस्तुत गरेको ४७ करोड ५० लाख एक हजार ५ सय अनुमानित बजेट र गाँउ प्रमुख मदनसेन बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा योजना पारित भएका हुन ।

 

उपप्रमुख महरा र प्रमुख बडायकले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट गाँउ सभा सदस्यले पारित गरेका हुन । लालझाँडी गाँउपालिका प्रमुख मदन सेन बडायकले आगामी आर्थिक बर्षका लागि मुख्य गरेर स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, तटबन्ध, स्वरोजगारमा प्राथमिकता दिएको बताए । ‘हामीले आगामी बर्षको नीति, कार्यक्रम तथा योजना पारित गरिसके, ‘गाँउ प्रमुख बडायकले भने, ‘तैपनि छलफलका लागि हामीले गाँउ सभा सदस्यलाई प्रतिवेदन दिएका छौँ, केही छुटपुट भए थप्छौँ ।’

ताजा समाचार