Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बेलडाँडी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बेलडाँडी,

स्वास्थ्य सेवा विभागबाट प्राप्त स्वास्थ्य सामग्री बुधबार बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो । राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्ट र नेकपा एमालेका प्रभावशाली नेता खेम सुवेदीको प्रयासले अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन कन्सन्ट्रेटर १ थान, थर्मलगन १ थान, पल्स अक्सोमिटर १ थान,  मास्क १ हजार थान, ग्लोब्स १ सय थान, फेस सिल्ड २० थान, गाउन ५० थान, एन्टीजिन ५० थान, भिटिएम ५० थान, फ्लो मिटर ३ थान र नसल पाइप १ थान लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य इन्दु कडरिया बिष्टले भने यो समान यहाँ पुग्नुमा खेम सुबेजी जीको मुख्य भुमिका रहेको बताउदै धेरै दुखका साथ यहाँ समान पुगेको बताए । उनले भने अाफुहरूले समान छिटो ल्याउन पाएको भए ज्यान गुमाउनेको संख्या कम हुन्थ्यो कि भन्ने बिचार व्यक्त गरे ।
स्वास्थ्य सामग्री के चाहिन्छ लिष्ट पठाउनु होला म उपलब्ध गराने प्रयास गर्ने छु वहाले भन्नू भयो ।

नेकपा एमालेका प्रभावशाली नेता खेम सुवेदीका अनुसार कोरोनाका कारण विश्व छिन् भिन्न भएका बेला हामीले बिश्वब्यापी रूपमा सहयोग पाईरहेको बताउदै, हामीहरूले केही स्वाास्थकर्मी लगायत नेपालीले ज्यान गुमाउनु परेको प्रति दुख प्रकट गरे । महामारी नियन्त्रण गर्नमा सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए ।

स्थानीय सरकारले समेत कोरोना नियन्त्रणमा लगानि गरिराखेको बताउदै स्वास्थ्यकर्मीहरूले अाफ्नो ज्यानको बाजि लगाउदै जनसेवामा समर्पित स्वास्थ्यकर्मीलाई उच्च सम्मान गरे ।

हस्तान्तरण सामग्री कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर थापाले कोरोना परास्त गर्नगाउँपालिका लागि परेको बताए । उपाध्यक्ष कमला देबी कार्कीले सहयोगी मनहरूलाई धन्यवाद दिनु भयो ।

स्वास्थ्य केन्द्रका अध्यक्ष तथा २ नं वडाका अध्यक्ष प्रेमराज खातीले भने ढिलै भए पनि अाफुहरूलाई माया गरिदिएको प्रति अाभार ब्यक्त गर्दै अझै सहयोगको अपेक्षा गर्नु भयो । हस्तान्तरण कार्यक्रम संचालन स्वास्थ्य केन्द्र बेलडनँडीका स्वास्थ्यकर्मी महेश खत्रीले गर्नु भएको थियो । 

ताजा समाचार