Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका बिपन्न एकल सिमान्तकृत महिलाहरूलाई राहत वितरण

बेलडाँडीका बिपन्न एकल सिमान्तकृत महिलाहरूलाई राहत वितरण

बेलडाँडी,
जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं ५ मा सिमान्तकृत एकल महिलाहरूलाई राहत वितरण गरिएको छ ।

वडाका २० जना एकल बिपन्न महिलाहरूलाई राहत वितरण गरिएको हो । दोस्रो लहरको कोरोना भाइरसका कारण भएको लकडाउनले विपन्न एकल सिमान्तकृत महिलाहरूको घरमा भोकमरी हुन थाले पछि राहत वितरण गरिएको whr का सामाजिक परिचालक दिपा जोशीले जानकारी गराउनु भयो । उहाँका अनुसार वडा नं ५ को अार्थिक सहयोग र मानव अधिकारको लागि महिला एकल महिला समुहको समन्वयमा चामल, नुन, तेल, चना लगायतका खाद्यान्न सामग्री वितरण गरिएको बताए ।


गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्रीको प्रमुख अातिथ्यमा सो कार्यक्रम समपन्न भएको थियो । थापाका अनुसार एकल महिलाहरूलाइ अात्म निर्भर बन्नका लागि स्थानीय सरकार हरदम तयार रहेको बताए ।

अाज एक कार्यक्रमका बिच राहत वितरण गिएको थियो । उक्त कार्यक्रममा बोल्दै वडा नं ५ का का.वा. अध्यक्ष कमला देवी अोखेडाले भने ” यस्ता सिमान्तकृत महिलाहरूको पक्षमा अझै वडाले भ्याए जति थप कार्यक्रम ल्याउने बताउनु भयो ।


यस्तै whr कि बेलडाँडी सचिव महेश्वरी खाती थापाले भने ” सबै एकल महिलाहरूलाई अात्म निर्भर बनाउनका लागि विभिन्न सिपमुलक कार्यक्रम लाईदिनु पर्ने माग गरिन ।

राहत पाउने महिलाहरूले यस्तो कार्यको प्रसंशा गर्दै अागामी दिनमा यस्ता कार्यक्रम ल्याउनु पर्ने माग अघि सारे ।

ताजा समाचार