Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसुप प्रदेश पत्रकार महासंघद्वारा जिल्ला शाखालाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण

सुप प्रदेश पत्रकार महासंघद्वारा जिल्ला शाखालाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण

विकास सिह महता/कञ्चनपुर ,

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला शाखाहरुलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेको छ । प्रदेश महासंघलाई प्रदेश सरकार सहितबाट प्राप्त स्वास्थ्य सुरक्षा समाग्री जिल्ला शाखाहरुलाई हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले महामारीका बेला खटिएका पत्रकारको सुरक्षाका लागि स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरिएको बताए । उनका अनुसार कैलाली कञ्चनपुरमा बिहीबार हस्तान्तरण गरिएको छ । भने त्यस अघि बैतडी, डडेल्धुरा, डोटी, अछाम बैतडी शाखालाई हस्तान्तरण गरिएको थियो । बाँकी जिल्लाहरुमा समेत महासंघलाई समान हस्तान्तरण गर्ने महासचिव ठगुन्नाले बताए । ‘हामीले सबै जिल्ला शाखालाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गछौँ, ‘महासचिव ठगुन्नाले भने, ‘शाखाले जिल्लामा रहेका सबै पत्रकारलाई वितरण गर्दछ ।’
अग्रपंक्तिमा खटिने पत्रकारहरु स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयबाट मन्त्री लाल बहादुर खड्काले नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल र महासचिव राम सिंह ठगुन्ना लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो।

महामारीका बेला प्रदेशभरीका पत्रकारको स्वास्थ्य सुरक्षाका लागि महासंघले विभिन्न सरकारी निकायसंग समन्वय गरेर योजना ल्याउने महासचिव ठगुन्नाले बताए ।

ताजा समाचार