बेलडाँडी,

बर्खायाम शुरू भएको पहिलो दिन परेको झरीले बेलडाँडीका मुख्य सडकहरू हिलाम्मे भएका छन् ।
असाढ १ गते परेको झरीले बेलडाँडी गाउँपालिकाका अधिकांश वडाका मुख्य सडकहरूमा हिडडुल गर्न सास्ती भएको छ ।
वडा नं २ को चवन्नी बजार देखि गाउँपालिका जोड्ने, २ नं देखि ५ नं जोड्ने सडक, चवन्नी वजार देखि खानेपानी जोड्ने सडक, वडा नं ४ को बैजनाथ मन्दिर देखि वडा कार्यालय जोड्ने सडक, वडा नं ५ को बैजनाथ मा वि देखि गाैडी जोड्ने सडक, लगायत गाउँटोल छिर्ने सडकहररूमा बर्षाका कारण भएको हिलोले हिडडुल गर्न निकै कठिन भएको छ ।
यश बिषमा बेलडाँडी गाउँपालिकाले यी सबै सडकहरूलाई पहिलो प्राथमिकता दिने तयारी गरेको वडाँ नं २ का अध्यक्ष प्रेमराज खातीले जानकारी दिनु भयो ।
वहाका अनुसार बजेट कम योजना बढी भएका कारण यी सबै सडकहरू समेट्न नसकेको बताउनु भयो ।
यस्तै वडा नं २ को गाैडी टोलमा निमार्ण कम्पनीले गरेको ब्यवहारले त्यहाका स्थानीय अाक्रोसित बनेका छन् । निर्माण कम्पनीले रोपाइँको मुखमै किसानहरूको पानी लगाउने सिचाइको कुलो भत्काइ दिए पछि किसानहरू अान्दोलित बनेका थिए । यस बिषयमा गाउँपालिकाले त्यहाको कोटेशनको स्टमेट परिवर्तन गर्ने भने पछि अान्दोलन मत्थर भएको छ । स्थानीयहरूले भने सडकमा फालिएको ग्रावेलमा घोटाला भएको भन्दै ग्रावेल हटाउन माग गरेका थिए ।