Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहामारीको मौकाछोपी फेरी भारतीय पक्षद्वारा नेपाली नागरिकमाथि हस्तक्षेप नेपाली किसानकै भूमिमा एसएसबीद्वारा...

महामारीको मौकाछोपी फेरी भारतीय पक्षद्वारा नेपाली नागरिकमाथि हस्तक्षेप नेपाली किसानकै भूमिमा एसएसबीद्वारा खनजोत नगर्न धम्की

खडक रावल/कञ्चनपुर,
महामारीको मौका छोपी भारतीय पक्षले पुन नेपाली किसानमाथि हस्तक्षेप गरिरहेको छ । केही दिन अघि कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका ८ सुन्दनगरका नेपाल किसान नारायण अधिकारीलाई बेसार खेती गोडमेल गर्दा अवरोध गरेको भारतीय एसएसबीले पुन अवरोध गर्र्दै आएको छ । एसएसबीले अबरोध गरेसगै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतो सहितको टोली एसएसबीले अवरोधका नेपाली किसान अधिकारीको खेत अनुगमन गर्दै भारतीय पक्षसंग आ–आफ्नो तर्फ खेती दिने सहमती दुई साता नवित्दै पुन भारतीय एसएसबीले नेपाली किसान अधिकारीलाई खनजोत नगर्न चेतावनी दिर्दै पक्राउ गर्ने धम्की दिएका छन ।
सुन्दरनगरका किसान नारायण अधिकारीले एसएसबीले अवरोध गरेसंगै नेपाली प्रशासनले चासो दिएर भारतीय पक्षसंग छलफल गरेर समस्या समाधान गरेर गएपनि भारतीय पक्षबाट अवरोध भएको बताए । ‘मलाई नेपाली प्रशासनले ढुक्क भएर खेती गर्नुभन्यो, ‘अधिकारीले भने, ‘उतातिर भारतीय एसएसबीले धम्की दिईरहेको छ ।’ बेसारखेती गोडमेल गरेर आफ्नै जमिनमा झारपात राखेका नेपालीले भारतीय एसएसबी आएर पुन उक्त झारपात बेसारखेतीमै मिल्काईदिएका छन । एसएसबीले नेपाली किसान नारायण अधिकारीलाई खेती गरे पक्राउ गरेर लैजाने धम्की दिएका छन । सो क्षेत्रका एसएसबीले माथिको आदेश भन्दै अवरोध गर्दै आएको बताएका छन । भारतीय पक्षले महामारीका बेला छिमेकी मुलुका नेपाली नागरिक किसानमाथि गरिरहेको धरकपटले उनको व्यवहार उदाङगिएको छ । कहिले हुलाकी मार्ग कहिले नेपाली किसानको खेतमा अवरोध गर्दै आएको भारतीय व्यवहारको सर्वत्र बिरोध गरिएको छ ।

ताजा समाचार