Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीकोरोना कहर : सालाको उपचारमा खटिएका भिनाजुको मृत्यु

कोरोना कहर : सालाको उपचारमा खटिएका भिनाजुको मृत्यु

विकास महता/धनगढी ,
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले नागरिकले ज्यान गुमाउनेको संख्या भने दिनप्रतिदिन कहिले बढ्ने त कहिले घट्ने क्रम जारी नै रहेको छ। ज्यानको माया कोलाई हुदैन ? एकातिर ज्यानको पिरलो बढ्दै अर्को तिर साला अस्पतालमा उपचारका लागि भर्ना गर्नु परेको थियो । यसरी कोरोना संक्रमित सालालाई जोगाउन खटिएका भिनाजुको भने कोरोना संक्रमणबाट मृत्यु हुन पुग्यो। सुदूरपश्चिम प्रदेशको अछाम जिल्ला घर भई हाल कैलालीको धनगढीमा धनगढी कन्सल्ट प्रा.लि सञ्चालन गर्दै आएका ईञ्जिनियर सुनिल कुवँर कोरोना संक्रमित भएपछि अस्पताल भर्ना हुन पुगे । कुवँर संक्रमित भएको जानकारी पाएपछि उनका भिनाजु देवेन्द्र खड्का नेपालगञ्जबाट धनगढी आएका थिए।

सुरुवाती चरणमा नवजीवन अस्पतालमा भर्ना गराएका कुवँर अक्सिजनको अभाव भएपछि त्यहाबाट माया मेट्रो अस्पतालमा लगियो । त्यहाँ अक्सिजनको अभाव भएपछि उनलाई उपचारका लागि केजी अस्पताल लगियो । दुई साता लामो उपचारका क्रममा उनका भिनाजु देवेन्द्र अक्सिजन र औषधीको व्यवस्थापनमा रातदिन खटिए । साला सुनिलको उपचारमा खटिदा खड्का संक्रमित भईसकेका थिए ।

कुँवर कोरोना संक्रमण मुक्त भएपछि आईसियुबाट बाहिर आए। कुँवर बाहिर आउदा खड्का भने त्यही अस्पतालमा आईसियुमा भर्ना गरिएको थियो । १४ दिन लामो उपचारपछि पनि निको नभएपछि खड्कालाई निसर्ग अस्पतालको भेन्टिलेटरमा राखिएको थियो । जहाँ उनलाई ११ दिन भेन्टिलेटरमा राख्दा पनि उनलाई बचाउन भने सकिएन । अस्पतालकै भेन्टिलेटरमा खड्काले मंगलवार अन्तिम दिन बन्यो । निर्माण व्यवसायी संघ डोटीका महासचिव ४३ वर्षिय खड्काको मंगलवार नै अत्येष्टि गरियो उनका साला मलामी भने गएनन । मृतक खड्काका पत्नी, एक छोरी र दुई छोरा छन् ।

 

ताजा समाचार