Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीफर्निचर उद्योगबाट अवैध काठ बरामद

फर्निचर उद्योगबाट अवैध काठ बरामद

विकास सिह महता/कञ्चनपुर, 
कञ्चनपुरको एक फर्निचर उद्योगबाट प्रहरीले ठूलो परिमाण्मा अवैध काठ बरामद गरेको छ । गयराती प्रहरीले भीमदत्त नगरपालिका १० जिमुवामा रहेको बैजनाथ फर्निचर उद्योगबाट ठूलो परिमाणमा काठ बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले बैजनाथ फर्निचर उद्योगमा बिना ईजाजति भारि परिमाणमा काठको कारोबार भईरहेको गोप्य सूचनाका आधामा प्रहरी वनको टोली संयुक्त रुपमा छापा मारेको बताए । प्रवक्ता थापाका अनुसार उद्योगबाट ३४०.४१क्यूफिट अवैध काठ बरामद गरिएको छ । भने फर्निचर उद्योगका संचालक रमेश भट्टलाई समेत पक्राउ गरिएको छ ।
‘बैजनाथ फर्निचर उद्योगमा अवैध कारोबार गरेर निकास पैठारी गर्दो रहेछ, ‘पं्रवक्ता थापाले भने, ‘प्रारम्भिक छानबिन गर्दा गैर कानुनी गतिबिधी गरेकाले काठ बरामद गरेर सव डिभिजन वन कार्यालय ब्रम्हदेबमा बुझाएका छौँ ।’ अवैध काठ सहित पक्राउ परेका फर्निचर उद्योग भट्टमाथि छानबिनका लागि समेत पक्राउ गरिएको हो । यस्तै कञ्चनपुर प्रहरीले बेलौरी नगरपालिका ४ रिछाह क्षेत्रबाट समेत अवैध काठ बरामद गरि वनमा बुझाएको छ । बुधबार बिहानतिर प्रहरी गस्ती टोलीले ८.४७ क्यूफिट अवैध काठ बरामद गरि वनमा बुझाएको छ । लकडाउनका बेला वन तथा वन्यजन्तुमा हुने अपराध रोक्नका लागि समेत प्रहरीले जिल्लामा सकृयता देखिएको छ ।

ताजा समाचार