Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीसुदूरबाट ओलीलाई अर्को झट्का ओली पक्षको एमाले ह्वीप उलङघन गर्दै मुख्यमन्त्रीलाई विश्वासको...

सुदूरबाट ओलीलाई अर्को झट्का ओली पक्षको एमाले ह्वीप उलङघन गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत

विकास सिह महता
सत्ताधारी नेकपा एमाले(ओली) पक्षले सुदूरपश्चिम प्रदेश सरकारलाई लिएको सर्मथन फिर्ता सरकारमा रहेका एमाले तर्फका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय बिरुद्ध एमाले नेपाल समुहले ओली पक्षीय एमालेले ंगरेको निर्णय लत्याउँदै प्रदेश सरकारलाई दिएको सर्मथन फिर्ता लिएर बरु मन्त्री पठाए ।
ओली पक्षीय संसद पठान सिह बोहराले आफु प्रमुख पतिपक्षीय दलको नेता भएकाले प्रदेश सभामा छुट्टै कुुर्सीको माग अघि सारेपछि मुख्यमन्त्री त्रिलोचन प्रशाद भट्टले मंगलबार विश्वासको मत लिएका थिए । मुख्यमन्त्री भट्टको पक्षमा एमाले ओली पक्षका संसद सहित ३० मत परेका छन । भने विपक्षमा ९, काँग्रेस सहित तथष्ट १२ जना रहेका छन । यस पटक पनि एमाले नेपाल पक्षबाट ओलीलाई झट्का लागेसंगै ओली पक्षका निर्णय कागजमा सीमित भएका छन । ओली पक्षले मुख्यमन्त्री भट्ट बिरुद्ध मत दिन ह्वीप जारी गरेपनि नेपाल पक्षले ओलीका निर्णय लत्याउँदै मुख्यमन्त्री भट्टलाई साथ सर्मथन दिदै आएका छन । नेपाल समुहले आफु राष्ट्रघाती काम गर्ने र देश टुक्र्याउनेलाई मन्त्री बनाउने कम्यूनिष्ट भाँड्ने काम गरेको भन्दै ठिक ओली बिरुद्ध कदम चालेका हुन । ओली पक्षको निर्णय बिरुद्ध नेपाल समुह गएसंगै सुपमा एमाले भित्र विवाद चुलिएको छ ।

ताजा समाचार