Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीडाँका मुद्दाका फरार अभियुक्त चार दशकमा पक्राउ १७ बर्षको उमेरमा महाअपराध ५५...

डाँका मुद्दाका फरार अभियुक्त चार दशकमा पक्राउ १७ बर्षको उमेरमा महाअपराध ५५ बर्षमा पक्राउ

विकास सिह महता/कञ्चनपुर,
लुटपाट डाँका चोरी मुद्दाका फरार एक अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि फ्रन्ट लाईनमा खटिएको प्रहरीले पुराना एक अपराधीलाई कानुनको दायरमा ल्याउन सफल भएको छ ।
सोमबार प्रहरीले ३८ बर्षदेखि डाँकाचोरी मुद्दाका फरार अभियुक्त बेलौरी नगरपालिका २ भैसारीका ५५ बर्षिया लाल बहादुर लुहार लाई घरबाटै पक्राउ गरेको हो ।
०४२ सालदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले लकडाउनका बेला घर आएको मौकामा पक्राउ गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले डाँकाचोरी मुद्दामा आदालतबाट दोषि ठहर भई फरार रहेका अभियुक्त लुहारलाई पक्राउ गरि आदालत पेश गरिएको बताए ।
१० पुष ०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुल्क बाफतको सरकारी रकम श्रीपुर पूनर्वास राष्ट्रिय वाणिज्य बैंकका जम्मा गर्न जाँदा जंगलमा लुहार समुहले हतियार देखाएर लुटपाट गरेका थिए । ‘रकम जम्मा गर्न जाने डिष्टीलरीका कर्मचारीको आँखामा खुर्सानीको धुलो छर्किएर लुटपाट गरेको रहेछन, ‘कञ्चनपुरका प्रहरी प्रवक्ता थापाले भने, ‘जघन्य उक्त लुटपाट घटनामा संलग्न लुहार भारततिर लुकिछिपी गरेको रहेछन अहिले कोरोना कारण घर आएको बेला हामीले पक्राउ गरेका हौँ ।’
लुटपाट घटनमा संलग्न लुहारलाई जिल्ला आदालत कञ्चनपुरले २५ बैशाख ०४२ सालमा ३ बर्ष ४५ दिन कैद सजाय तोकेको थियो । लुहारले कैद भुक्तानी नगर्दा पक्राउ गरि आदालत मार्फत जेल चलान गरिएको छ । १७ बर्षको किशोरा अवस्थाको उमेरमा अपराध गरेका लुहार ५५ बर्ष बृद्ध अवस्थामा पक्राउ परेका छन । यस तथ्यले पाप धुरीबाट कराँछ अर्थाथ अपराध गरेपनि एक न एक दिन सजाय भोक्नुपर्छ भन्ने देखाएको छ । कञ्चनपुर प्रहरीले अपराधमा संलग्नमा अभियुक्तहरुलाई धमाधम पक्राउ गरि जेल चलान गरेसंगै नागरिकले प्रहरीको प्रसंसा गरिहेका छन ।

ताजा समाचार