Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहामारीमा लागु औषधका तस्कर तह लगाउँदै प्रहरी झलारीबाट लागु औषधका तीन तस्कर...

महामारीमा लागु औषधका तस्कर तह लगाउँदै प्रहरी झलारीबाट लागु औषधका तीन तस्कर सहित ब्राउन सुगर बरामद

विकास सिह महता/कञ्चनपुर,
दोस्रो लहरमा देखिएको कोरोना महामारीले आम नागरिकलाई कसरी सुरक्षित बाँच्ने चिन्ता भईरहेका बेला समाजका लागि कोरोना भन्दा भयानक हानिकार लागु औषधका तस्कर मौलाएका छन । महामारीका बेला कञ्चनपुरका लागु औषधका तस्कर मौलाएका छन । लकडाउनका कारण आम नागरिक घरमै बसेपनि तस्कर भने खुलेयाम धन्दामा संलग्न भएको पाईएको छ ।
महामारीको मौका छोपेर लागु औषध कारोबारी र तस्करी गर्ने लागु औषधका गिरोहलाई कञ्चनपुर प्रहरीले तह लगाईरहेको छ । महामारी रोकथामका लागि फ्रन्ट लाईनमा खटिएका प्रहरीलाई एकातिर प्रशासनले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउनुपर्ने बाध्यता छ, भने अर्कातिर लागु औषधका तस्कर तह लगाउनु बाध्यता उत्पन्न भएको छ ।
३८ दिनको लकडाउन अवधिमा कञ्चनपुर प्रहरीले ४० जना लागु औषधका तस्करी गिरोहलाई पक्राउ गरि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले लकडाउन अवधिभर तीन भारती नागरिक सहित ४० जना लागु औषध कारोबारमा पक्राउ परेको बताए । ‘हामीले लकडाउन अवधिमा लागु औषधका कारोबारी, तस्करी समुहलाई नियन्त्रणमा लिदै मुद्दा चलाएका छौँ, ‘उनले भने, ‘एक मात्रै व्यक्ति समातिए एकल र दुई भन्दा बढि समातिए संयक्त मुद्दा चलाईरहेका छौँ ।’
लागु औषधको कारोबार, सेवन तथा ओसारपसारमा युवा पङक्ति मात्रै रहेको पाईएको छ । सोमबार पनि प्रहरीले शुक्लाफाँटा नगरपालिका १० झलारी क्षेत्रबाट तीन जना युवकलाई लागु औषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाका अनुसार झलारीबाट तीन युवकलाई लागु औषध सहित पक्राउ गरिएको छ । विक्रम शिलाल, विशाल थापा, बिनोद नागरीको साथबाट प्रहरीले २ ग्राम ६४० मिनिग्राम सहित लागु औषध ब्राउन सुगर बरामद गरेको हो । स्थानीले लागु औषधको जरजै उलेख्नुपर्नेमा सुझाव दिएका छन । लागु औषधका लागि कञ्चनपुरका युवा कुलतमा भाँसिएका बेला प्रहरीको अभियानबाट केही चेन तोड्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार