Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीसरस्वती मा.बि मोतिबस्तीले शुरु गर्यो विद्यार्थीका लागि अनलाइन कक्षा

सरस्वती मा.बि मोतिबस्तीले शुरु गर्यो विद्यार्थीका लागि अनलाइन कक्षा

लाल बहादुर एस.के

कंचनपुरको एक सरकारी विद्यालयले विद्यार्थीका लागि अनलाइन कक्षा शुरु गरेको छ। पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको सरस्वती मा.बिले विद्यार्थीको लागि अनलाइन कक्षा शुरु गरेको हो।

कोरोना महामारीका कारण लामो समय विद्यार्थीको पढाईमा असर परेको भन्दै विद्यालयले अनलाइन कक्षा शुरु गरेको छ। महामारीका कारण लामो समय विद्यालय बन्द भएको र अझै पनि खुल्ने नखुल्ने अन्योलता रहेको हुँदा विद्यार्थीको भबिस्यमा असर परेको निष्कर्ष निकाल्दै विद्यालयले अन्लाईन बाटै पढाई शुरु गरेको बताएको छ।

महामारीले विद्यार्थीमा पारेको नकारात्मक प्रभावको बारेमा बुझ्ने प्रयास गर्दा लामो समय विद्यालय बन्द हुँदा विद्यार्थीको पढाई ठुलो प्रभाव परेको देखेपनि भौतिक रुपमा कक्षा संचालन गर्न सम्भावना नदेखेपछि अन्लाईन बाट भएपनि कक्षा शुरु गर्ने निर्णय गरेको विद्यालयका प्र.अ. जितेन्द्र पौडेलले बताएका छन। प्र.अ पौडेलले विद्यालय गाँउमा भएकाले अनलाइन कक्षा संचालन गर्नु चुनौतीपूर्ण रहेता पनि कक्षा ११ को पढाई सफलता पुर्वक भैरहेको बताए। साथै उनले अब बिस्तारै अभिभावक सँग परामर्श गर्दै सबै कक्षाको पढाइ शुरु गर्ने तयारी रहेको पनि बताएका छन।

त्यसैगरी नवनिर्वाचित विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गगन सुनारले लामो परामर्श पछि विद्यार्थीको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारलाई कुनै पनि कारणले रोक्नु हुदैन भन्ने आफ्नो मान्यता बमोजिम अनलाइन कक्षा शुरु गरेको बताएका छन। महामारी चलेरहेकाले भौतिक रुपमा कक्षा संचालन गर्दा शिक्षक र विद्यार्थी दुबैमा खतरा रहेको बताउदै अनलाइन कक्षाको शुरुवातले महामारी पनि नफैलिने र विद्यार्थीले घरबाटै गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको जिकिर गरेका छन। साथै उनले अब आफ्नो ध्यान जिर्ण बनेको भवन निर्माण र विद्यालयको सार्वङ्गिक बिकासमा रहेको बताउदै त्यसका लागि विभिन्न निकाय सँग पहल भैरहेको बताएका छन।

अनलाइन कक्षा शुरु भएपछि शिक्षक र विद्यार्थी दुबैमा उर्जा थपेको कुरा शिक्षक शिवराज पाण्डेले बताए । उनले विद्यार्थीहरु निक्कै उत्साहित भएको र अनलाईन कक्षा प्रभावकारी रहेको समेत जिकिर गरे।

उसो त अनलाइन कक्षाको शुरूवातले शिक्षक र विद्यार्थी मात्र नभिइ अभिभावकमा समेत खुशी छाएको देखिन्छ । स्कुल नखुल्दा छोराछोरीको पढाईलाई लिएर आफुहरु चिन्तित रहेको बताउदै अब अब भने आफू ढुक्क भएको एक जना अभिभावकले बताएका छन।

ताजा समाचार