Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीबेलडाँडीका समुदायमा कोरोना टेस्ट गर्दा सक्रमित बढे, सबै वडामा एन्टिजेन परिक्षण गरिदै,

बेलडाँडीका समुदायमा कोरोना टेस्ट गर्दा सक्रमित बढे, सबै वडामा एन्टिजेन परिक्षण गरिदै,

बेलडाँडी,
बेलडाँडी गाउँपालिकाका सबै वडामा कोरोना चेकजाँच गर्दा संक्रमित बढेका छन् । संक्रमित बढेकाले गाउँपालिकाले एन्टिजेन परिक्षण बढाएको गाउँपालिकाले जनाएको छ ।

बेलडाँडी वडा ४ मा दुई दिन लगाएर १०४ जनामा एन्टिजेन परिक्षण गर्दा १५ जनामा संक्रमित देखिएको वडा अध्यक्ष वीर बहादुर खडकाले जानकारी गराउनु भयो । उहाँ अनुसार कोरोना देखिएका हरूलाई गाउँपालिकाले स्थापना गरेको अाइशोलेसनमा पठाउदा उनीहरूले होम अाइसोलेशन बस्ने बताए । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए ।

यस्तै वडा नं ५ मा चेक गर्दा ४ जना संक्रमित देखिएको काबा अध्यक्ष कमला देबी अोखेडाले जानकारी गराउनु भयो । उहाका अनुसार संक्रमण फैलिन नदिन स्वास्थ्य मापदण्ड पूरा गर्न सबैमा अनुरोध गरेको बताए ।

यस्तै वडा नं 1 मा अाइतवार बिहान १० बजे देखि वडाकै स्वास्थ्य शाखामा चेक गरिने वडा अध्यक्ष अम्मर बहादुर खत्रीले जानकारी गराउनु भयो । उहाका अनुसार सामान्य रूघाखोकी लागेका र अाफुलाई संका लागेकाले चेक गराउन अाउन अाग्रह गरे ।

वडा नं ३ को स्वास्थ्य शाखामा पनि शुक्रवार र अाइतवार बिहान ८ बजे देखि एन्टिजेन परिक्षण गरिने भएको वडा अध्यक्ष दुर्गा प्रसाद चाैधरीले जानकारी गराउनु भयो । उहाँ अनुसार कोरोना परिक्षण गर्न चाहनेले र ज्वरो रूघाखोकी लागेका बिरामीहरूले समेत चेक गराउन अनुरोध गर्नु भयो

वडा नं२ ले समय समयमा कोरोना जाँच गरिरहेकोले ज्वरो अाएका हरूले सम्पर्कमा अाएर टेस्ट गराउन सकिने वडा अध्यक्ष प्रेमराज खातीले बताउनु भयो । वहाका अनुसार बेलडाँडीको कोरोना अस्पतालमा धेरै कुराको ब्यवस्था गरिएकाले संक्रमितहरूले बस्न चाहे अाउन अाग्रह गरे ।

ताजा समाचार