Friday, September 30, 2022
गृहपृष्ठआर्थिकपूर्व खानेपानी मन्त्री बिना मगरद्वारा निर्वाचन क्षेत्र नम्बर १का जनताको स्वास्थ्य सुरक्षालाई...

पूर्व खानेपानी मन्त्री बिना मगरद्वारा निर्वाचन क्षेत्र नम्बर १का जनताको स्वास्थ्य सुरक्षालाई ध्यान दिदै अक्सिजन प्लान्टका लागि २०लाख बजेट

विकास सिह महता
पूर्व खानेपानी मन्त्री एव निर्वाचन क्षेत्र नम्बर १बाट निर्वाचित विघठित प्रतिनिधी सभा सदस्य बिना मगरले निर्वाचन क्षेत्रका जनताको स्वाथ्य सुरक्षा गर्न अक्सिजन प्लान्ट जडानका लागि २० लाख बजेट दिएकी छिन ।

चालु आर्थिक बर्षमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तरगत विनियोजित महिलाका लागि सीपमुलुक उत्पादन कार्यक्रमका लागि बिनियोजित २०लाख रुपैया अक्सिजन प्लान्ट जडानका लागि सहयोग गरेकी हुन ।

पूर्वखानेपानीमन्त्रीका स्वकीय सचिव दिपक तिम्लिसिनाले महामारीबाट यस क्षेत्रका जनताको जिवन रक्षाका लागि विनियोजित रकम फिर्ता हुनु भन्दा बेलौरी नगरपालिकाले अक्सिजन प्लान्ट खरिद एव जडानका लागि उक्त रकम दिएको बताए । ‘अहिले कोरोना महामारी चलेकोछ , ‘स्वकीय सचिव तिम्लिसिनाले भने, ‘मन्त्री ज्यूबाट महामारीका बेला अन्य कार्यक्रम संचालन गर्न नसकिने भएकाले अक्सिजन जडानका लागि २०लाख बजेट दिएकी हुन ।’ मन्त्री ज्यूले निर्वाचन क्षेत्रका जनताको सुरक्षाका लागि विभिन्न सरकारी, दातृ निकायसंग समन्वय गरेर स्वास्थ्य उपकरण एव सहयोग समाग्री दिईरहेकी छिन ।
गत बर्षपनि राहतदेखि स्वास्थ्य सुरक्षा समाग्री दिएको बताउँदै स्वकीय सचिव तिम्लिसिनाले निर्वाचन क्षेत्रका चारै स्थानीय तहका जनताको सुरक्षामा लागि कोेडिनेशनमै बसेको बताए ।

ताजा समाचार