Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीप्रदेशको वातावरण विधेयक बारे छलफल

प्रदेशको वातावरण विधेयक बारे छलफल

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बसेको अध्ययादेश ०७७ प्रतिस्थापन गर्न बनेको विधेयक बारे सरोकारवालासंग छलफल गरिएको छ । मंगलबार कञ्चनपुरमा सुप प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले सुदूरपश्चिम प्रदेशको वातावरण संरक्षण सम्बन्धमा बसेको अध्ययादेश ०७७ प्रतिस्थापन गर्न बनेको विधेयक बारे सरोकारवालासंग छलफल गरेको हो । छलफलमा स्वागत मन्तव्य राख्दै समितिका सदस्य तथा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २(क)का प्रदेश सभा सदस्य महेश दत्त जोशीले प्रदेशलाई वन, प्राकृतिकमैत्री स्वच्छ राख्नका लागि विधेयक ल्याईने बताए । सरोकारलाहरुले प्रदेशको दिर्घकालिन लाभका लागि विधेयक ल्याउन सुझाव दिएका छन । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क ब. कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा समितिका सदस्य, कञ्चनपुरका प्रदेश सभा सदस्य, वनका अधिकारी, पत्रकार महासंघका पदाधिकारीको सहभागिता रहेको थियो ।

ताजा समाचार