Monday, September 26, 2022
गृहपृष्ठजिवनशैलीसुप प्रदेश वन छुट्टै निर्देशिका बनाईने

सुप प्रदेश वन छुट्टै निर्देशिका बनाईने

कञ्चनपुर,
सुदूरपश्चिम प्रदेशका छुट्टै वन निर्देशिका बनाईने भएको छ । सोमबार सुप प्रदेश सभा अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले कञ्चनपुरका वन कार्यालयका अधिकारीसंग गरेको बैठकपछि प्रदेशको वन निर्देशिका छुट्टै बनाउने निर्णय गरेको हो । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सदस्य महेश दत्त जोशीले प्रदेशमा वन, वन्यजन्तु संरक्षणका लागि छुट्टै निर्देशिका बनाईने बताए ।
छुट्टै वन निर्देशिका बनाएर लाभान्सको बाँडफाँड सम्बन्धी व्यवस्था स्पष्ट गर्नुपर्ने समितिले सुझाव दिएको बताए । लालझाडी मोहना वन सरक्षित क्षेत्रको वन व्यवस्थापनको लागि बजेट अपुग हुँदा प्रदेश सरकारसंग माग गरिएको छ ।
भारतको दुधुवा नेशनल पार्क हुँदै लालझाडी जैविक मार्ग जोड्ने क्षेत्रमा बृक्षारोपण गर्दैं जैविक मार्ग सरक्षणका प्रतिवेदन बनाईने भएको छ । अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्क बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य महेश दत्त जोशी, प्रकास रावल, भारत ब. खडका, डिभिजन वन प्रमुख अजय विक्रम मानन्धर, लालझाडी परिषद् अध्यक्ष राज बहादुर ऐर सहितका सरोकारवाला सहभागि भएका थिए ।

ताजा समाचार