Sunday, September 25, 2022
गृहपृष्ठजिवनशैलीभीमदत्त नगरपालिकाद्वारा बस्ती स्तरमै गएर कोरोना परीक्षण

भीमदत्त नगरपालिकाद्वारा बस्ती स्तरमै गएर कोरोना परीक्षण

कृष्ण नेपाली/कञ्चनपुर,
दोस्रो लहरमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना परीक्षण शुरु गरेको छ ।
सोमबारदेखि नगरपालिकाले विभिन्न वडाका बस्तीहरुमा गएर कोरोना परीक्षण गर्न लागेको हो ।
भीमदत्त नगरपालिका स्वाथ्य शाखा कोडिभ १९ फोकलशनले पंकल रावलले ११ नम्बर वडाबाट एन्टिजिन मार्फत कोरोना परीक्षण गरिएको बताए । उनका अनुसार उक्त वडामा ४० जनाको परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । ‘हामी स्वास्थकर्मी सहितको टोली वडा वडामा जान्छौँ, ‘उनले भने, ‘एक दिनमा चार वडामा परीक्षण गछौँ ।’ वडामा रहेका संस्कापद, बिरामी, आएका सबैको कोरोना परीक्षण गरिने उनले बताए ।
भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले कोरोना समुदायमा गईसकेकाले त्यसको पहिचान गरि निदानका लागि बस्तीस्तरमै गएर नगरपालिकाले कोरोना परीक्षण अभियान संचालन गरेको बताए ।
मेयर विष्टले कुल १९ वडा रहेका सबै बस्तीमा गएर कोरोना परीक्षण गर्दा जाने र पोजेटिभको अवस्था हेरेर होम आईसोलेशन एव अस्पताल ल्याईने बताए । भीमदत्त नगरपालिकाले वडा, गाँउ बस्तीमै आएका कोरोना परीक्षण गर्न थालेपछि स्थानीयलाई राहत मिलेको छ । लकडाउनका बेला अस्पताल जानुपर्ने बाध्यताबाट गाँउ घरमै घुम्त्ती शिबिर मार्फत स्वास्थ्य परीक्षण कार्यले स्थानीय हर्षित भएका छन । भीमदत्त नगरपालिकामा हालसम्म झण्डै सय बढि नागरिकले कोरोनाका कारण ज्यान गुमाईसेका छन । कोरोना रोकथामका लागि भीमदत्त नगरपालिकाले सीमा क्षेत्रमा हेल्थडेस्क, होल्डिङ्ग सेन्टरदेखि अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि चालु बर्षमै २०लाख बजेट दिएको थियो ।

ताजा समाचार