Friday, September 30, 2022
गृहपृष्ठजिवनशैलीमहामारी नियन्त्रण गर्न र लकडाउनको मौकाछोपी कालोबजारी गर्नेमाथि कार्बाही गर्न विप्लव कञ्चनपुरको...

महामारी नियन्त्रण गर्न र लकडाउनको मौकाछोपी कालोबजारी गर्नेमाथि कार्बाही गर्न विप्लव कञ्चनपुरको माग

विकास सिह महता
नेकपा विप्लव कञ्चनपुरले कोरोना महामारी नियन्त्रण गर्न र जनताको स्वास्थ्य सुरक्षा गर्न माग अघि सारेको छ । नेकपा विप्लव कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै महामारी नियन्त्रण गर्न माग अघि सारेको हो । महामारीका बेला कालोबजारी भईरहेको भन्दै विप्लवले सो कार्य तत्तकाल बन्द गर्न समेत आग्रह गरेको छ । विप्लव कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा कोरोना उपचारमा नाममा भईरहेको बेथिति रोक्नुपर्ने, गैर कानुनी व्यापार रोक्नुपर्ने, कालोबारी रोक्नुपर्ने, लकडाउनका बेला लघुवित्तहरुले चर्को ब्याज अशुलीरहेको बन्द गर्नुपर्ने, राहत प्याकेज ल्याउनुपर्ने,। दाताहरुले दिएको स्वास्थ्य समाग्रीमा केही संसद जनप्रतिनिधीले आफैले दिएजस्तो गरेर लज्जाबोध गराउने काम बन्द गरिनुपर्ने लगायतका विषय उठान गर्दै प्रभावकारी रोकथाममा जोडदिएको छ । राष्ट्रघाती नागरिक विधेयक खारेजीको समेत माग अघि सारेको छ । नेकपा कञ्चनपुरका सचिव रमेश परियार(जिवन) र इन्चार्ज ओम प्रकास पुन(निर्माण)ले हस्ताक्षर गरेको विज्ञप्तीमा पार्टीले कोरोना रोकथामका लागि उठान गरेका सवालमा गम्भिर हुन आग्रह गरिएको छ ।

ताजा समाचार