Tuesday, September 27, 2022
गृहपृष्ठजिवनशैलीखाद्य संकट भएका बृद्धआश्रम र अनाथालयमा औषधी व्यवसायी संघद्वारा खाद्यान्न

खाद्य संकट भएका बृद्धआश्रम र अनाथालयमा औषधी व्यवसायी संघद्वारा खाद्यान्न

विकास सिह महता

लामो समयदेखि लकडाउनका कारण खाद्य संकटमा परेका कञ्चनपुरको बृद्धआश्रम र अनाथालयमा नेपाल औषधी व्यवसायी संघले खाद्यान्न सहयोग गरेको छ । नेपाल औषधी व्यवसायी संघ महाकाली अञ्चल शाखा र कञ्चनपुर शाखाले संयुक्त रुपमा खाद्यान्न सहयोग गरेको हो । नेपाल औषधी व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र बुडाले खाद्य संकट परेका बृद्धआश्रम र अनाथालयमा खाद्यान्न वितरणका साथै सुरक्षाकर्मीलाई स्वाथ्य सुरक्षा समाग्री दिएको बताए । अध्यक्ष बुडाका अनुुसार अनाथालयमा ५बोरा चामल, १०किलो दाल, ५ लिटर तेल, २५किलो आलु, १०किलो प्याज, १किलो सोयाबिन, ५किलो नुन, जिरा, धनिया,खुर्सानी, सेनिटाईजर, मास्क वितरण गरिएको छ । भने बृद्धआश्रममा ८ बोरा चामल, १०किलो दाल, १०लिटर तेल, १ बोरी आलु, २०किलो प्याज, २किलो सोयाबिन, खर्सानी, जिरो, धनिया, सेनिटाईजर मास्क वितरण गरिएको छ । अध्यक्ष बुडाका अनुसार कोरोना रोकथामका लागि फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मी ट्राफिक प्रहरी र वडा प्रहरी कार्यालयमा समेत सेनिटाईजर मास्क वितरण गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ महाकाली अञ्चल अध्यक्ष घनश्याम कलौनी, जिल्ला अध्यक्ष रामचन्द्र बुडा, कोषाध्यक्ष देवराज पाण्डे, वडा प्रहरी, ट्राफिक प्रहरी, बृद्धआश्रम, अनाथालयका अधिकारीहरुलाई उक्त सहयोग समान हस्तान्तरण गरिएको थियो । उक्त खाद्य एव स्वाथ्य समाग्री कञ्चनपुरका खुदा्र, होलसेल औषधी व्यवसायी एव पसलबाट रकम संलन गरेर सहयोग गरिएको हो ।

समाजिक दायित्व एव महामारीका रोकथामका लागि औषधी व्यवसायका तर्फबाट सहयोग गरेको बताए । गत बर्ष पनि औषधी व्यवसायी संघले महामारीका बेला विभिन्न क्षेत्रमा सहयोग गरेको थियो ।

ताजा समाचार